माइक्रोसफ्टको सर्भरमा समस्या- विश्वभरका बैंक तथा अधिकांश एयरलाइन्सको सेवा प्रभावित


काठमाडौँ।

माइक्रोसफ्टको सर्भर डाउनहुँदा शुक्रबार विश्वभरका अधिकांश बैंक, हवाई एयरलाइन्स र टेलिकम्युनिकेशनको काम अचानक ठप्प्प भएको छ ।

कयौँ टेलिभिजन र प्रसारण कम्पनीको काम पनि रोकिएको छ । माइक्रोसफ्टको सर्भर ठप्प्प हुन पगेपछि विश्वभर यो समस्या आएको हो । माइक्रोसफ्टले यस समस्याको समाधान कोसिस भइरहेको जनाएको छ।

आईटी प्रणाली ठप्प हुँदा अस्ट्रेलियाको सिड्नी एयरपोर्ट र युनाइटेड एयरलाइन्सको उडान नै रोकिएको छ ।

यस्तै अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभरमा आफ्ना उडान रोकेका छन् । यी कम्पनीले अहिले उडिरहेका बाहेक अन्य कुनै पनि जहाज तत्काल विमानस्थलमै रहने जनाएको छ।

बेलायतमा रेल कम्पनीहरूकव अपरेशन रोकिएको छ । एक प्रमुख रेल कम्पनीले ठूलो प्राविधिक समस्या झेल्नु परेको जनाएको छ। यसका कारण रेल सञ्चालनमा असर पर्न सक्ने कम्पनीले जनाएको छ।

आईटी प्रणाली ठप्प हुँदा बर्लिन एयरपोर्टमा चेक-इनका क्रममा समस्या भएको छ । स्पेनका सबै विमानस्थलमा पनि आइटी प्रणालीको समस्याले सताएको छ।

बेलायतमा स्काई न्यूज च्यानल अफ एयर भएको छ। अस्ट्रेलियामा टेलिकम्युनिकेशन ग्रुप टेलस्ट्राको सेवामा समस्या आएको छ।

अस्ट्रेलियाको सिड्नीमा विमानको उडान प्रभावित भएको छ । युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा रोकेको छ । लण्डनमा स्टक एक्सचेन्जमा प्राविधिक समस्या देखिएको छ ।

अमेरिकाको अलास्कामा आपातकालीन फोन सेवामा पनि असर देखिएको छ । अलास्काको पुलिसले फेसबुकमा पोस्ट गर्दै पूरा राज्यमा यस फोन सेवासँग सम्बन्धित सबै कल सेन्टरको काम बन्द भएको छ।

यस्तै भारतमा राजधानी दिल्लीको एयरपोर्टले ट्विट गर्दै विश्वभर आएको समस्याका कारण केही सेवामा असर परेको जनाएको छ।

दिल्ली एयरपोर्टका अनुसार यात्रुहरूलाई कुनै पनि समस्या आउन नदिन सबै साझेदारहरूसँग नियमित सम्पर्क भइरहेको छ ।

एयर इन्डियाले पनि यस संकटबारे ट्विट गरेको छ। माइक्रोसफ्टको सर्भर खराबी आउँदा आफूहरूको प्रणालीमा असर परेको एयर इन्डियाले उल्लेख गरेको छ।