न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको अवरोध


काठमाडौँ ।

 अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् ।

महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला शुक्रवार बिहानदेखि स्थानीयले विरोध गरेर काममा अवरोध गरेका छन्।

यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधवार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडी बढाएको थियो ।

त्यस्तै यसअघि फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेपछि रोकिएको थियो । सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो ।

यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो ।  डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।