एसीसी महिला एसिया कप आजदेखि, उद्घाटन खेलमा नेपालले यूएईको सामना गर्ने


काठमाडौं ।

आज देखि महिला एसिया कप सुरु हुँदै छ। आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलङ्काको डाम्बुलामा हुने महिला एसिया कपमा एसिया ८ देशले भाग लिँदै छन्। एसिया कपमा नेपाल समूह ए मा रहेको छ।

नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ए मा रहेको छ भने समूह बी मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड रहेका छन् । नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन आज युएईविरुद्ध खेल्दै छ।

यो खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजेदेखि सुरु हुँदै छ। त्यस्तै आज अर्को खेल समूह समूह ए कै भारत र पाकिस्तानबीच खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि सुरु हुँदै छ। नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ। 

एसिया कप खेल्ने नेपाली टिम: 

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, पूजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।