स्वास्थ्य अनुसन्धान परिषद्को कर्मचारी मागसम्बन्धी विज्ञापन रद्द


काठमाडौं ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करार सेवामा कर्मचारी छनोटका लागि २०८० भदौ २० मा थालेको प्रक्रिया रद्द गरेको छ। परिषद्ले गत भदौ २० गते विभिन्न सेवाका कर्मचारी माग गरेकोमा उक्त विज्ञापनविरुद्ध उच्च अदालत, पाटनमा मुद्दा परेपछि स्थगन गरिएको थियो।

उच्च अदालत पाटनले यसमाथि फैसलाको पूर्णपाठ २०८१ असार १३ गते प्राप्त भएको जानकारी दिदै परिषद्ले सेवा करारसम्बन्धी विज्ञापन रद्द गरेको जनाएको छ।

गत असार २६ को कार्यकारी समितिको निर्णयानुसार उक्त स्थगित विज्ञापन रद्द गरिएको परिषद्ले जनाएको छ। परिषद्ले दरखास्त पेस गर्ने आवेदकहरूलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ।