चार भारतीयसहित पन्ध्र शवको सनाखत, तटीय क्षेत्रमा बेपत्ता यात्रुको खोज अभियान


नवलपरासी ।


नवलपरासी सिमलताल घटना पछिको पाचौं दिन सम्ममा नारायणी नदी आसपास १९ जनाको शव भेटिएको छ ।
भेटिएका मध्ये ४ भारतीय नागरिक सहित १४ ओटा शवको सनाखत भएको जिप्रका चितवनले दिएको सनाखत विवरणमा उल्लेख रहेकोछ ।

सनाखत विवरण अनुसार पहिचान खुलेका भारतीय नागरिकमा बिहार राज्य बेतिहा निवासी २८ वर्षका ऋषिपाल शाह ३० वर्षका सजाद अन्सारी तथा सितामणिका ३० वर्षीय जयप्रकाश ठाकुर र २७ वर्षका विवेक कुमार रहेकाछन् । त्यसै गरि चितवनका २२ वर्षीय बिकास परियार २३ वर्षका सुदीप बिक,रौतहटका १७ वर्षका राहुम मिया,सर्लाहीका १९ वर्षीय रमित कुशर माझीको सनाखत भएको हो ।

यसरी नै बारा जिल्ला साविक बिश्रामपुरका ४३ वर्षीय प्रमानन्द पंडित, रौतहट परूहाका ४० वर्षीय ऋषिकुमार सिंह, रौतहटकै ९ वर्षका अशोक कुमार यादव मृत भेटिएकाछन् । पहिचान भएका अन्य मृतकमा गणपति बसका चालक रौतहटका ४३ वर्षीय किशोर कुमार चौधरी, रौतहट बोधिमाईकि २९ वर्षीय अमृता कुमारी, पर्सा सकुवा निवासी २८ वर्षीया चन्द्र प्रभा कुमारी चौधरी र सर्लाहीका २७ वर्षका जितेन्द्र राम महरा रहेकाछन् ।

नारायणी नदीमा भेटिएका २१ शव मध्ये ६ जनाको सनाखत हुन बाँकि रहेको बताईएको छ । जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ बेद बहादुर पौडेलका अनुसार १९ शव मध्ये १४ शव पूर्वी नवलपरासीमा, ४ शव चितवन र १ शव नवलपरासी पश्चिम स्थित नारायणी नदीमा भेटिएकाहुन् ।

नारायणी तटीय क्षेत्रमा खोजि अभियान : प्रजिअ
यसै बीच नारायणी नदिको तल्लो तटीय क्षेत्रमा बेपत्ता यात्रुका शव देखिन क्रम जारि रहदा स्थानीय अमलटारी क्षेत्रबाट केही माझिहरू साथ लिई सेना, प्रहरी, सशस्त्र सहितको संयुक्त सुरक्षा टोलीले खोजी अभियान अघि बढाएको छ । टोलीले नारायणी नदीको विभिन्न भंगालो,घोल र ताल क्षेत्रमा रवर बोट, हात्ती तथा डुङ्गाको सहायताले नेपाली सेनाको समन्वयमा बेपत्ता यात्रुको खोजि कार्य अघि बढेको प्रजिअ अरूण पोख्रलले बताउनु भयो ।

टोलीले चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने नारायणी नदीको वहाव क्षेत्र गोलाघाट,खोरिया, कुजाली, पिठौली, आईल्याण्ड लगायतको कोर तथा मध्यवर्ती एरियामा सिमलताल घटनाका बेपत्ता यात्रुको खोजि कार्य गर्ने बुझिएको छ ।