४ अर्ब २१ करोड ७७ लाख ४३ हजार राजश्व संकलन


धुलिखेल। 

काभ्रेपलाञ्चोक जिल्लाबाट संघ र प्रदेश सरकारका लागि ४ अर्ब २१ करोड ७७ लाख ४३ हजार ५ सय २९ रुपैयाँ राजश्व संकलन गरेको छ । संघ सरकारका लागि ३ अर्ब ८५ करोड ३६ लाख ४४ हजार २ सय ५७ रुपैयाँ र प्रदेश सरकारका लागि ३६ करोड ४० लाख ९९ हजार २ सय ७२ रुपैयाँ राजश्व संकलन भएको छ । 

आन्तरिक राजश्व कार्यालय धुलिखेल मार्फत राष्ट्रिय वाणिज्य बैकमा १ अर्ब ४८ करोड ८३ लाख १५ हजार १ सय ६८, कृषि विकास बैक मार्फत ५१ करोड ३८ लाख २६ हजार ६ सय ४३ र नेपाल बैक लिमिटेड मार्फत १ अर्ब ५८ करोड ३५ लाख ६७ हजार २ सय २७ रुपैयाँ गरी कुल ३ अर्ब ५८ करोड ५७ लाख ९ हजार ३८ रुपैयाँ संघ सरकारलाई संकलन भएको छ । 

संघ सरकारको खातामा कोष तथा लेखा नियन्त्रक कार्यालयले ८ करोड ७९ लाख ५९ हजार ८ सय ७४ रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले २ करोड ५१ लाख ५७ हजार ५ सय ५ रुपैयाँ राजश्व संकलन गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काभ्रेले ९ करोड ८५ लाख ७५ हजार ३० रुपैयाँ राजश्व संकलन गरेको छ भने जिल्ला अदालत काभ्रेपलाञ्चोकले १ करोड ९६ लाख ९४ हजार २ सय ८० रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्ला हुलाक कार्यालयले ३१ लाख ८४ हजार ८ सय ४८ रुपैयाँ राजश्व संकलन गरेको छ । संघ सरकारलाई राजश्व बुझाउने २४ वटा कार्यालय छन् । सुर्यविनायक धुलिखेल, धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाले १ करोड २२ लाख ७० हजार ३ सय ९८ रुपैयाँ बुझाएको छ । 

प्रदेश सरकारका लागि जिल्लामा रहेका १९ वटा कार्यालयले ३६ करोड ४० लाख ९९ हजार २ सय ७२ रुपैयाँ राजश्व बुझाएका छन् । मालपोत कार्यालयले संकलन गरेको राजश्व स्थानीय तहलाई पनि बाँडफाँड हुने गरेको छ । बाँडफाँडबाट बाँकी रहेको २६ करोड २९ लाख ९६ हजार ९ रुपैयाँ राजश्व संकलन गरी पठाएको छ । घरेलु तथा साना उद्योग कार्यालयले २ करोड ११ लाख ५६ हजार ८ सय, प्रदेश लेखा इकाई कार्यालयले ३ करोड १ लाख ७ हजार ९ सय ५१ रुपैयाँ संकलन गरेको छ । 

शहरी विकास तथा भवन कार्यालयले ९ लाख ७८ हजार ४ सय ७५, सार्वजनिक निर्माण कार्यान्वयन इकाईले १ करोड २६ लाख २२ हजार ४ सय ३८ र पुर्वाधार विकास कार्यालयले ५६ लाख १८ हजार ६ सय ४७ रुपैयाँ संकलन गरेको छ । जलश्रोत सिंचाई विकास डिभिजन कार्यालयले १२ लाख ८ हजार २ सय ४२ रुपैयाँ राजश्व संकलन गरेको छ ।