मेसी र स्वरेज बिना इन्टर मियामी विजयी


काठमाडौं ।

इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरोन्टो क्लबलाई पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरोन्टोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई गोल गरेका थिए भने डिएगो गोमेजले एक गोल गरेका थिए। त्यसै गरी डेरीक एटीएने जुनियरले टोरोन्टोका लागि एक गोल गरेका थिए।

यस खेलमा हालै कोपा अमेरिका जितेका लियोनेल मेसी र उरुग्वेका सुपर स्टार खेलाडी लुइस स्वरेज खेलेका थिएनन् । मेसी कोपा फाइनलमा घाइते भएपछि इन्टर मियामीका केही खेल गुमाउने भएका छन्।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २४ खेलमा ५० अंक भएको छ र अहिलेसम्म शीर्ष स्थानमा रहेको छ। त्यस्तै टोरोन्टो भने २५ खेलमा २७ अङ्कसहित आठौँ स्थानमा छ।