सबै खेल जितेर उपाधि जित्ने पहिलो राष्ट्र स्पेन


एजेन्सी ।

स्पेन समूह चरणदेखि फाइनलसम्मका ७ वटा सबै खेल जितेर यूरोकपको उपाधि जित्ने पहिलो राष्ट्र बनेको छ। यसअघिका कुनैपनि यूरोकप उपाधि जित्ने टिमले प्रतियोगिताभरि शतप्रतिशत जितको नतिजा निकालेर उपाधि जित्न सकेका थिएनन।

स्पेनले समूह चरणदेखि फाइनलसम्मका ७ वटा सबै खेल जितेर च्याम्पियनशिप हात पारेको हो। यस्तो दुर्लभ कीर्तिमान बनाउने क्रममा स्पेनले समूह चरणमा ३ खेल, अन्तिम १६, अन्तिम आठ, अन्तिम चार र फाइनल गरी खेलेका ७ वटा सबै खेल जितेर उपाधि जितेको हो।

आफ्नो विजय यात्राको क्रममा स्पेनले क्रोएसिया, इटाली, आयोजक जर्मनी, फ्रान्स, इंग्ल्यान्डजस्ता बलिया टिमलाई परास्त गरेको थियो । स्पेनले समूह चरणको पहिलो खेलमै क्रोएसियालाई ३–० ले, इटालीलाई र अल्बानियालाई समान १–० ले हराएको थियो ।

त्यसपछि अन्तिम १६ मा जर्जियालाई ४–१ ले, क्वार्टरफाइनलमा आयोजक जर्मनीलाई र सेमीफाइनलमा फ्रान्सलाई समान २–१ ले हराएको थियो भने फाइनलमा पनि इंग्ल्यान्डलाई २–१ ले नै हराएर चौथों पटक उपाधि चूम्यो। स्पेनले सन् २००८ र २०१२ मा पनि लगातार युरो कप जितेर उपाधि रक्षा गरेको थियो ।

युरोकप २०२४ मा स्पेन
सात खेलमा शतप्रतिशत जित
विपक्षीविरुद्ध गरेको गोल – १५
विपक्षीसँग ब्यहोरेको गोल – ४
सर्वाधिक गोल गर्ने टिम – स्पेन
सर्वाधिक सट प्रहार गर्ने टिम – स्पेन
सर्वाधिक अन टार्गेट प्रहार गर्ने टिम – स्पेन
सर्वाधिक असिस्ट संख्या रहेको टिम – स्पेन