चन्द्रागिरि केबलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार


काठमाडौं ।

 चन्द्रागिरि केबलकारमा अड्किएका सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।

बुधबार दिउँसो करिब साढे १२ बजेतिर अचानक विद्युत् सेवा अवरुद्ध भएपछि झन्डै ७० जनाजति यात्रु केबलकारमा अड्किएका थिए । स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्‍याङ लगाएर उद्धार गरिएको र अन्यको केबलकारबाटै उद्धार गरिएको प्रहरीले जनाएको छ ।