सुनिल पौडेलविरुद्ध राजश्वको मुद्दा 


काठमाडौँ। 

राजश्व अनुसन्धान विभागले नेपाल टेलिकमका पूर्वकार्यकारी निर्देश सुनिल पौडेलविरुद्ध विदेशी विनिमय ऐन को व्यवस्था विपरीतको कसुर गरेको ठहर गर्दै बुधवार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

निज पौडेलले नियम विपरीत सिंगापुर बैंकमा ५८ हजार अमेरिकी डलर अर्थात् ७७ लाख ४५ हजार ९ सय नेपाली रुपैयाँ जम्मा गरी  विदेशी विनिमय सम्बन्धी कसुर गरेकाले मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । 

निज पौडेलले विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्थाविरुद्ध उनले सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार नेपाल रुपैयाँ ७७ लाख ४५ हजार ९ सय  जम्मा गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले  मुद्दा दायर गरेको हो । 

यस्तै सोही  ऐनको दफा १७ (१) बमोजिम बिगोको तेब्बर अर्थात् दुई करोड बत्तीस लाख सैँतीस हजार सात सय रुपैयाँ जरिवाना मागदावी लिई मुद्दा दायर गरिएको छ । 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक रहिसकेका सुनिल पौडेलविरुद्ध यसअघि पनि अख्तियारले विभिन्न भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।