बढ्यो शेयर बजार, तीन वर्ष यताकै उच्च काराेबार


काठमाडौँ।

शेयर बजारमा तीन वर्ष यताकै उच्च काराेबार भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) मा १२ अर्ब ५ करोड ९२ लाख रुपियाँको कारोबार भएको छ । यसअघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो ।

बुधबार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ५४.०४ अंक बढेर २३६४ अंकमा कायम भएको छ । नेप्से परिसूचक पनि २०७९ वैशाख २८ गते यताकै उच्च हो । बुधबारकाे काराेबारमा २०४ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ६ को स्थिर रहेकाे छ ।