चन्द्रागिरि केबलकारमा यात्रु अड्किए


काठमाडौँ।

चन्द्रागिरि केबलकारको विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका छन् । साढे एक बजेतिरबाट विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन्।

अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको छ।