सर्पले डसेर बालककाे मृत्यु


नवलपरासी। 

घरमै खेलिरहेका बेला मंगलबार राति विषालु सर्पले डसेर एक  बालककाे मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता प्रनाउ बेद बहादुर पाैडेलका अनुसार सर्पले डसेर मृत्यु हुनेमा मध्यविन्दु ६ भडाराका १४ वर्षीय आर्यन महताे रहेका छन् ।
बालकलाई राति ९ बजे प्रजाति नखुलेको सर्पले डसेकाे थियाे ।

सर्पले डस्ने वित्तिकै बालकलाई कावासाेती स्थित कालीगण्डकी अस्पतालमा प्राथमिक ल्याइएको र थप उचारका लागि भरतपुर तर्फ लैजाने क्रममा बाटाेमै मृत्यु भएकाे थियाे ।
बालककाे शवलाई पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला्ला अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।