खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


खोटाङ ।
साउन–१, खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भोजपुरबाट खोटाङ आउँदै गरेको ट्याक्टर भोजपुर–दिक्तेल सडकखण्ड अन्तर्गत साकेला गाउँपालिका–१ बाझेच्यानडाँडामा दुर्घटना हुँदा साकेला गाउँपालिका–१ बाझेच्यानडाँडाका २१ वर्षीय जीबन देउजाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रदेश नम्बर २–०१–००१ त २०१५ नम्बरको खाली ट्याक्टर मंगलबार दिउँसो साढे १२ बजे आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो ।

सहचालक सोही ठाउँका १९ वर्षीय रोशन कटवाल घाइते भएका छन् । उनको टाउकोमा सामान्य चोट लागेको छ । उनी बोल्न सक्ने अवस्था रहेका छन् ।

ट्याक्टर चालकको पहिचान खुल्न नसकेको तर, चालक फरार रहेको प्रहरीले जानाएको छ । दुर्घट्नामा परेको ट्याक्टर पूर्ण रुपमा क्षति भएको छ ।