मुलुकको राजनीतिक भूकम्प

126
Shares


वि.सं. २०७२ मा संविधान बनाइयो । २०७२ साल चैत १२ गते दिउँसो १२ बजे विनाशकारी महाभूकम्प गयो । १२, १३ र २९ गते ३ दिनको फरक–फरक भूकम्पले ठूला–साना भवनहरु ध्वस्त भए, जुन कल्पनाबाहिरको सपनाजस्तै भयो । जनताको ठूलो धनजनको क्षति भयो । करिब ८ हजार ७ सय जनाको ज्यान गयो । त्यति बेला जनमानसमा धनी–गरिब, ब्राह्मण, क्षत्री आदि घमण्ड कोहीमा देखिएन ।

महिनौँ सरकारी विद्यालयमा, टुँडिखेलको खुल्ला मैदानमा, खुलामञ्च र भक्तपुरको सरकारी क्याम्पसमा बास बसियो । सबै जनाले एक–आपसमा बाँडिचुँडी खाए । सबै जनाको मनमा भोलि के होला भन्ने त्रासमा थिए । आशाको किरण कहिले आउँछ भनेर आशामै पर्खिए । सरकारले पनि राहत त बाँड्यो तर एकद्वार प्रणालीबाट राहत बााडिएन । मनपरितन्त्र भयो, पाउनेले दुई–चारपल्ट पाए । पहिलो किस्ता रकम रु. ५०,०००।– पनि पाए ।

पछि घरबारविहीनलाई घर पनि बनाइयो । छिमेकी देश भारत र चीन अनि अरु देशले पनि आपत्को बेला सहयोग गरेको पाइयो । तर २०७२ सालमा संविधान लेखे पनि शासक वर्गले जनताको मर्म कहिल्यै बुझिलिने होइन । खालि स्वार्थमा पल्टुरामहरुजस्तै कहिले माओवादीको सरकार, कहिले एमालेको सरकार, कहिले कांग्रेसको सरकार, बारम्बार राजनीतिक संस्कार नभएको जस्तै भयो । नैतिकवान् व्यक्ति कम हुँदै गए । त्यस्ता व्यक्तिलाई दिउँसै बत्ती बालेर खोज्नुपर्ने बेला भयो । नेपालको संविधानलाई घरको न घाटको जस्तै बनाइयो । तिनै शेरबहादुर ५–६ पल्ट, तिनै के.पी. ओली ४–५ पल्ट, तिनै प्रचण्ड ३–४ पल्ट, तिनै माधव नेपाल, तिनै झलनाथ खनाल, तिनै बाबुराम भट्टराई, तिनै बाहुनवाद ! वाक्क दिक्क लाग्यो !

बाहनुवादको नीति र गतिले भोलि नेपाल होला कि नहोला, आम जनसमुदायमा हल्ला छ । हाम्रो समाजमा देशप्रति न्यानो माया नगर्ने, संकल्प नभएका बाहुनहरु, आचार–प्रतिज्ञा नभएका हाम्रा मन्त्रीज्यूहरु नमस्कार ! साधारण मानिसको जति देशप्रति आस्था नबिसाउने ? बाँदरको हातमा नरिवलजस्तो बाहुनहरुको किस्ताबन्दीको राजनीति भइदियो । हो कि होइन, पाउनेले पायो काँचो केरा खायो, खान नहुनेले खाए भनेजस्तै राजनीतिक अनुशासन केही कुरा थाहा नहुँदा विकराल भएको जनताले महसुस गरेको पाइयो । राम्रो टी.भी. हेर्नुपर्नेमा नराम्रो टी.भी. हेरियो । रोग नै टी.बी.जस्तै भयो ।

ग्यासमा खाना पकायो, ग्यास्टिक भइदियो, त्यस्तै प्रेसर कुकरमा मासु भनेर मास पकायो, प्रेसर रोग नै भयो । जनतालाई नै प्रेसर भयो । त्यस्तै मानसिक सन्तुलन हुँदै नहुनेलाई सुगर भन्दियो, कहिल्यै नभएको जात्रा पनि देशमा मञ्चन गरिन्छ । एउटा सवारीसाधनको चालक बन्नको लागि चालकको अनुमतिपत्र चाहिन्छ, देश चलाउने नेता बन्न कुनै योग्यता चाहिँदैन ? मात्र शीर्ष नेतालाई रुझाउने योग्यता भए पुग्छ ? कर्मशील नेताले स्थान पाउँदैन ? जसले चाकडीचाप्लुसी गर्न सक्छ, उसले पार्टीको स्थान पाउँछ । नेता रिझाउन सके पैसा भए चुनावमा टिकट पाउन कुनै गाह्रो छैन । त्यस्तै परे निर्वाचन जित्न सक्छ, अनि सुन्दर देशमा असल नेता कहाँ पाउनु ?

हिजोको अवस्था अर्कै थियो, आज यो अवस्था छैन । अब त केही सोच्नुपर्छ । अब गोजीबाट निकालेर नेता बनाउने परिपाटीको अन्त्य हुन आवश्यक छ । विदेशमा पढेको भन्दैमा असल नेता हुन्छ भन्ने छैन । यही देशमा भूगोल जानेको व्यक्ति हुनुपर्छ । अमेरिकाको राजनीतिशास्त्रमा पी.एच.डी. पास गरेर के गर्ने ? नेपालको भूगोल बुझेको छैन भने जनताको आवश्यकता नबुझ्ने नेता भएको देशमा जनताले सुख पाउने कल्पना गर्न सकिन्न । इज्जत, प्रतिष्ठाले पाउने होइन, बरु सुनचाँदी पाउँछ । तर उसको धेर्यता छैन भने त्याग, तपस्या, सहनशीलतामा निर्भर हुन्छ ।

गुण नभएका डाक्टरलाई डाक्टार साप भनिदैन । अहिलको शासक वर्गहरु फिल्मभन्दा कम्ता छैनन् । यसअघि धैरे काण्ड भए, बालमन्दिरको जग्गा हिनामिना गर्ने सर्वोच्च कमान्डर गणेशमानकी छोरीले बाबुको रगतको मूल्य पनि बाँकी राखिनन् । त्यस्ता व्यक्तिलाई देश निकाला गर्ने पार्टीले हिम्मत गर्नुपर्छ । नत्र केको पार्टी ? बाह्र वर्ष रामायण पढे पनि रामकी श्रीमती को भन्दा हनुमान भन्ने, एम.सी.सी. पास गर्ने, नागरिकता विधेयक पास गर्ने शासक वर्गहरुलाई जनताले कहिल्यै बाँकी राख्दैनन् ।

अति भए खती हुन्छ । साउदी, चीनमा देशघाती काम गर्नेलाई फाँसी दिइन्छ तर नेपालमा अहित काम गर्नेलाई स्वागत गरिन्छ, जीवनदान दिइन्छ । देश बरबादीमा छ । टिपरको ठक्कर र राजनीतिको चक्कर बराबर छ ।
सूर्यविनायक ८, जगाती भक्तपुर ।