कोमोरेबीद्वारा ओलम्पिक खेलाडीलाई पोशाक प्रदान

112
Shares

काठमाडौं ।

पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीका लागि कोमोरेबीले मंगलबार एक कार्यक्रमबिच पोशाक हस्तान्तरण गरेको छ । कोमोरेबी र नेपाल ओलम्पिक कमिटीबिच यसअघि भएको सम्झौताअनुसार कोमोरेबीका सीईओ भ्यालेन्टाइन डेनिएलले कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पोशाक उपलब्ध गराएका हुन् ।

कोमोरेबी फ्रान्सेली टेक्सटाइल कम्पनी हो । सम्झौताअनुसार ओलम्पिकमा सहभागी हुने टोलीलाई जुत्ता, मोजा, ट्रायकसुट, क्याजुएल प्यान्ट, ब्यागप्याक र स्पोर्टस् ब्याग दिइएको हो । फ्रान्सको राजधानाी पेरिसमा ३३ औं गृष्मकालीन ओलम्पिक यही जुलाई २६ बाट शुरु हुँदैछ ।

प्रतियोगितामा नेपालको तर्फबाट सात खेलाडीको सहभागिता रहनेछन् । जसमा, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, शूटिङकी सुष्मिता नेपाल, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा जुडोकी मनिता श्रेष्ठ प्रधान रहेका छन् । यसमध्ये, नेपालको तर्फबाट ब्याडमिन्टन र टेबलटेनिस खेल पहिलो पटक ओलम्पिकमा प्रवेश पाएका हुन् ।