विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु

1.5k
Shares

काठमाडौं ।

विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। वीरगन्जमा विद्युतको तार मर्मत गर्ने क्रममा भर्‍याङबाट खसेर मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्राविधिक वीरगन्ज महानगरपालिका-२५ निवासी ५३ वर्षीय रामबाबु चौधरी मलाह रहेका छन्।

प्रहरीका अनुसार सोमबार बेलुकी ८ बजेतिर वीरगन्ज-१२ मुर्लीमा भर्‍याङ चढेरले विद्युत् मर्मत गरेर तल झर्ने क्रममा खसेर भुईँमा खसेकाे थिए ।

गम्भीर घाइते मलाहलाई उपचारका लागि नारायणी बयोधा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।