प्रधान सेनापति र अष्ट्रेलियाकी राजदूतबीच भेटघाट

154
Shares

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाका महामहिम राजदूत फेलिसिटी भोल्कबीच जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।