काठमाडौं नदी किनारमा बसोबास गरिरहेका सुकुम्बासीलाई हटाउन सर्वोच्चको आदेश

1.1k
Shares

काठमाडौं ।

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउन आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश जारी गरेकाे हाे ।

न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले सुकुमवासी बस्ती हटाउन आदेश जारी गरेको हो ।

अदालतले वास्तविक सुकुम्वासीहरूको पहिचान गरी इचङ्गुनारायणमा बनाइएको आवासमा स्थानान्तरण गर्न, त्यसले नपुगे आवश्यक सङ्ख्यामा अन्यत्र आवास निर्माण गर्न भनेको छ ।

अदालतले वास्तविक सुकुम्वासीहरूको हकमा स्थानान्तरणको सहजीकरणका लागि तत्काल राहतको रुपमा नगद प्रदान गरी अतिक्रमण हटाउन आदेश जारी गरिएकाे छ ।