चितवनबाट वीरगन्ज जाँदै गरेको बस पल्टियो

११ जना घाइते

2k
Shares

काठमाडौँ।

चितवनबाट वीरगन्ज जाँदै गरेको बस दुर्घटना भएको छ। आज (मंगलबार) बिहान पर्साको वीरगन्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।