तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए-  प्रचण्ड

392
Shares

काठमाडौँ । 

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झन्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर पाएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत प्रचण्डले आफ्नो नेतृत्वको सरकार सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्रीज्यूहरू, सङ्घीय संसदका सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टिम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गरेका छन् ।