पूर्व राष्ट्रपति भण्डारीले दिइन् मन्त्री बनाउन तीन जनाको नाम

7.1k
Shares

काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री बनाउन तीन जनाको नाम दिएकी छन् ।

चपली हाइटस्थित निवासमा करिब दुई घन्टा लामो भेटका क्रममा पूर्व राष्ट्रपति भण्डारीले तीन जनाको नाम ओलीसँग सिफारिस गरेकी हुन्।

शीतलनिवासबाट बहिर्गमन भएपछि सक्रिय राजनीतिको लालसामा उत्रिएकी भण्डारीले आफूनिकट एमाले नेताहरु बिष्णु पौडेल, गोकुल बास्कोटा र समानुपातिकबाट सांसद बनेकी दीपा शर्माको नाम मन्त्री बनाउन सिफारिस गरेकी थिइन्।

दुई नेताद्वयबीच कांग्रेससँगको सत्तायात्रा, एमाले राजनीति र मन्त्री बनाउने सम्भावित नामहरुबारे समेत छलफल भएको निकटवर्ती स्रोतहरुले बताएका छन्। ओलीले सोमबार ११ बजे राष्टपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिँदैछन्।