लुम्बिनीका प्रदेश प्रमुखद्वारा दुई विधयेक प्रमाणीकरण

238
Shares

बुटवल ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाबाट पारित दुई विधयेक प्रमाणीकरण गर्नुभएको छ ।

प्रमुख शेरचनले आइतबार लुम्बिनी प्रदेश सरकारको अर्थ सम्बन्धी बिधयेक र आर्थिक बर्ष २०८१-२०८२ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम बिनियोजन र खर्च गर्न बनेको विधयेक प्रमाणीकरण गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सभाको बैठकबाट पारित बिधयेकहरू संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयको प्रबक्ता धर्मा अर्याल बेल्वासेले बताउनुभयो ।