दुर्घटनामा परी गम्भीर घाइते चन्द्रबिरको उपचारमा सहयोगको अपिल !

476
Shares

काठमाडौं ।

ट्रयाक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछाप नगरपालिका ९ का चन्द्रबिर शाहीका परिवारले चन्द्रबिरको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । चन्द्रबिर शाहीको उपचारको लागि आर्थिक अभाव भएकाले सहयोगका लागि परिवारले अपिल गरेको हो ।

काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत चन्द्रबिरको थप उपचारको लागि आर्थिक सहयोग आवश्यक परेको उनका दाजु कुसुम शाहीले बताए । चन्द्रबिरको उपचारमा लाखौं रकम लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सक्दो सहयोग गरिदिन दाजु कुसुम शाहीले आग्रह गरे ।

चन्द्रबिर वि.सं २०८० फागुन १ गते ट्रयाक्टर दुर्घटनामा घाइते भएका हुन् । ट्रयाक्टरको दुर्घटना बीमा नगरेको र ट्रयाक्टर साहुको पनि दुर्घटनामा परी मृत्यु भएकाले ट्रयाक्टर साहुबाट राहत माग्ने आधार नरहेको कुसुम शाहीले बताए ।

‘ट्रयाक्टरको बीमा नभएको र साहुको पनि दुर्घटना घटनास्थलमै मृत्यु हुन पुग्यो, परिवारमा ५ जना छोरी र श्रीमती मात्र रहेकोले ट्याक्टर साहुको तर्फबाट घाइतेलाई थप उपचारमा सहयोग गर्न नसक्ने अवस्था छैन,’ उनले भने ।

चन्द्रबिरकोको उपचारको सहयोगका लागि कुसुम शाहीको नाममा लक्ष्मी सनराइज बैंकमा रहेको बैंक खाता नम्बर ०७१२०००६९१४ मा आर्थिक सहयोग गर्न सकिनेछ । मोबाइल नम्बर ९८६९१३५१२९ मा सम्पर्क गर्न सकिने र सोही मोबाइल नम्बरमा रहेको ईसेवा आईडीमा पनि रकम पठाउन सकिनेछ ।