गहुँ बोकेको ट्रकमा लुकाएर जुत्ताचप्पल तस्करी

84
Shares

काठमाडौं ।

दुई हजार एक सय किलो गहुँ लोड गरिएको ट्रकबाट १५ बोरा जुत्ताचप्पल बरामद गहुँ बोकेको ट्रकमा लुकाएर तस्करी गर्न लागिएको १५ बोरा जुत्ता चप्पलसहितको ट्रक सशस्त्र प्रहरीले सप्तरीबाट नियन्त्रणमा लिएको छ ।

सर्लाहीको इश्वरपुरस्थित मनकामना ट्रेडर्सको नाममा २ हजार १ सय किलो गहुँको नक्कली भिसीटियस विल बनाएर सिरहाको नवराजपुर गाउँपालिका–४ झासपट्टिबाट लोड गरिएको गहुँ र १५ बोरा भारतीय जुत्ता चप्पलसहित ना। ६ ख ६६६५ नम्बरको ट्रकलाई आईतबार विहान ३ बजे सप्तरीको कडरवानास्थित पूर्व–पश्चिम लोकमार्गबाट नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कडरवानाले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिईएको सामान मध्ये सिरहा बाट लोड गरिएको गहुँको सर्लाहीबाट भिसीटियस विल बनाईएको तर जुत्ताचप्पलको कुनै प्रकारको विल समेत फेला परेको छैन ।

नियन्त्रणमा लिईएको ट्रक, सामान र ट्रकका चालकसहितलाई आवश्यक कारवाहीको लागि ५० लाख ६७ हजार ९ सय ९० रुपैयाँ कायम गरी राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको छ ।