६ किलो कोकिनसहित एक मलेसियन नागरिकलाई पक्राउ

252
Shares

काठमाडौं ।

प्रहरीले झन्डै ६ किलो कोकिनसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौं सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुम भादिभालोलाई पक्राउ गरेको हो ।