त्रिशुली दुर्घटना अपडेट : खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीका थप जनशक्ति परिचालन

420
Shares

काठमाडौं ।

चितवन त्रिशुली नदीमा भएको बस दुर्घटनामा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरीको जनशक्ति थप गरिएकाे  छ  ।

सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित १ सय ६ जना जनशक्ति खटिएका छन् ।

यस्तै नम्बर ३ गढीमाई बाहिनी र नम्बर १७ गण चितवनबाट डीएसपीको कमान्डमा त्रिशूली र नारायणी नदीको विभिन्न ठाउँमा १ सय १३ जना जनशक्ति खटिएका छन् ।

यस्तै नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट गैँडाकोट, मध्यबिन्दु र देबचुलीका विभिन्न ठाउँमा ४१ जनासहित जम्मा २ सय ६ जना र यसअघि प्रयोग गरिएका सबै उपकरणसहित ७ वटा र्‍याफ्ट बोट, १ मोटर बोट र १ कायाक समेत परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिइएको  जनकारी  दिए  ।

यद्यपि बिहीबार भएको दुर्घटनामा हराइरहेका दुई बस अझै भेटिएका छैनन् । यस्तै दुर्घटनामा परेका ५ जनाको शव भने विभिन्न स्थानमा फेला परेका छन् ।