भानु जयन्तीको अवसरमा गजल प्रतियोगिता, तीन जना पुरस्कृत

14
Shares

काठमाडौं । 

नेपाल निजामती कर्मचारी संगठनको आयोजनामा भानु जयन्तीको अवसरमा असार २९ गते राष्ट्रिय स्तरमा खुल्ला गजल प्रतियोगिता कार्यक्रम गरियो । सोही अवसरमा देशकै सहिदहरू मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विश्वकर्माको स्मरणमा प्रारम्भ भएको सहिद स्मृति दिवसको समेत अवसर पारी निजामती कर्मचारी अस्पतालको सभा हलमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उपस्थिति रहेको थियो । देशभरिबाट प्राप्त भएका गजल मध्येबाट छनोट भएका १५ जना गजल कर्ताले गजल प्रस्तुत गर्नुभएको थियो ।  उक्त गजल प्रस्तुत पछि प्रथम, दोस्रो र तेस्रो हुनेहरू क्रमशः प्रकाश किरण जाजरकोट, प्रमोद खतिवडा झापा, अपर्णा rचापागाई काभ्रेपलान्चोकलाई प्रमुख अतिथि पोखरेलले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको संगठनका कार्यालय सचिव पदम बहादुर शाहीले जानकारी गराउनुभयो ।

साथै सोही कार्यक्रममा साहित्यका स्रष्टाहरूको पनि सम्मान गरिएको नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व निरमोही व्यास, जलेश्वर श्रेष्ठ र अमला अधिकारी  लगायतलाई सम्मान गरियो । कार्यक्रममा संगठनका केन्द्रीय कार्यसमितिका पदाधिकारी, कार्यकर्ता, शुभचिन्तक लगायतको उपस्थिति रहेको नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले जानकारी गराउनुभयो ।

खुल्ला गजल प्रतियोगिता कार्यक्रममा  २ सय ५० जना भन्दा बढी साहित्य प्रेमी, गजल प्रेमी तथा सुभचिन्तकहरुको उपस्थिति रहेको थियो । संगठनले गर्दै आएका कार्यक्रम भन्दा फरक ढंगले कार्यक्रम गरिएको र गत वर्ष भानु जयन्तीकै अवसरमा संगठनले राष्ट्रव्यापी रुपमा खुल्ला कविता प्रतियोगिता सञ्चालन गरेको थियो । यस्ता कार्यक्रमले संगठनलाई नजिकबाट चिनाएकोछ ।

आज पनि गजल प्रतियोगिता मार्फत साहित्य प्रेमी व्यक्तित्वहरुलाई नेपाल निजामती कर्मचारी संगठनको महत्त्व र पहिचानका बारेमा थप जानकारी प्रदान गर्ने अवसर मिल्यो । साहित्य क्षेत्र र निजामती क्षेत्र एकसाथ अघि बढी निजामती क्षेत्रको आन्दोलनलाई पनि समन्वय गर्ने तथा जोडने प्रयासमा हामी रहेका छौ अध्यक्ष कोइरालाले भन्नुभयो ।