सामाजिक विकास कार्यालय मुगुको बेरूजु शून्य

42
Shares

मुगु ।

सामाजिक विकास कार्यालय मुगुको बेरूजु शून्य देखिएको छ। ०८०/८१ को वार्षिक कार्यक्रमको समीक्षा कार्यक्रममा बेरूजु शून्य देखिएको सामाजिक बिकास कार्यालय मुगुका प्रमुख टोपबहादुर बुढाले बताए।

जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले सामाजिक विकास कार्यालयबाट वर्षभरि सम्पादन गरिएका काम अनुकरणीय भएको बताए। उनका अनुसार सोमवार प्रस्तुत गरिएको कार्यालयको वार्षिक काम प्रशंसनीय भएको बताए।

नेपाल शिक्षक महासंघका केन्द्रय सदस्य जंङ्गबहादुर शाहीले अन्य कार्यलय आजका मितिसम्म भुक्तानीकै प्रक्रियामा रहे पनि सामाजिक विकास कार्यालयले समयमै वार्षिक कामहरू सम्पन्न गरी कार्यक्रमसँग सम्बन्धित विभिन्न सरोकारवालाबीच समीक्षा कार्यक्रमको आयोजना गर्नुले पारर्दशिता, र जवाफ देहिताको नमुना प्रदशन गरेको धारणा व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले सामाजिक बिकास कार्यालयको बेरूजु शून्य हुनु विकासका काममा राम्रो प्रगति भएको बताए। उनका अनुसार सामाजिक बिकास कार्यालय प्रमुखको कार्य दक्षता कुशलताले प्रगति छिटो छरितो र चुस्त दुरूस्त र अनुकरणीय भएको धारणा व्यक्त गरे। जिल्ला समन्वय समितिका संयोजक मंजनबहादुर कार्कीले आर्थिक बर्षको अन्तमा कार्यलयको तर्फबाट जिल्लाभरी भएमा कामहरू समयमै सकेर समीक्षा कार्यक्रमको आयोजना गरेकोमा कार्यालय प्रमुख र टिमको मुक्त कण्ठले प्रशंसा गरे।

सामाजिक बिकास कार्यालयका प्रमुख टोपबहादुर बुढाले आफ्नो कार्यलयको तर्फबाट वार्षीक स्वीकृत कार्यक्रमको प्रगति प्रस्तुत गरेमा थिए। आज प्रस्तुत कार्यक्रम अनुसार छात्रावृति, तालिम, विद्यालय भवन निर्माण, अनुगमन, खेलकुद, महिला, जेष्ट जागरिक, दलित लक्षित लगायतका क्षेत्रमा बजेट खर्च गरिएको थियो। समीक्षा कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक ,विब्यस अध्यक्ष, लगायत संचारकर्मीहरूको उपस्थिति थियो।