देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

308
Shares

काठमाडौँ ।

 नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

देउवाले आज अपराह्न २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने दाबी गरेको अवस्थामा नयाँ सरकारको गठन, काङ्ग्रेसबाट सहभागी हुने मन्त्रीहरुको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।  कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा चलिरहेको छ ।  अहिलेसम्म काङ्ग्रेसबाट रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल लगायत मन्त्री बन्ने चर्चा रहेको छ ।