अल्काराज विम्बल्डन पुरुष सिंगलको फाइनलमा

0
Shares

 काठमाडौँ ।

 स्पेनका कार्लोस अल्काराज जारी विम्बल्डनको पुरुष सिंगलको फाइनलमा पुगेका छन् ।

शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा अल्काराजले रुसका डानील मेडभेडेभलाई ७-६, ६-३, ६-४, ६-४ को सेटले पराजित गरेका थिए । पहिलो सेटमा हार बेहोरेका अल्काराजले त्यसपछिका तीन सेट लगातार जितेर फाइनलमा पुगेका थिए । २१ वर्षीय अल्कराज विम्बल्डन पुरुष सिंगलको डिफेन्डिङ च्याम्पियन समेत हुन् ।