ओलीको प्रधानमन्त्रीमा दाबी पेस, आइतबार नियुक्ति र शपथ

36k
Shares

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२)अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेलगतै शुक्रबार राति नै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित शीतल निवास पुगेका ओलीले प्रधानमन्त्री दाबी गरेका हुन्।

कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थनसहित ओलीले प्रधानमन्त्री दाबी गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभाको बैठकमा संविधानको धारा १०० को २ अनुसार विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ को २ अनुसार आइतबार साँझ ५ बजेसम्म नयाँ प्रधानमन्त्री दाबी गर्न दलहरूलाई आह्वान गरेका थिए।

त्यसलगतै ओली शुक्रबार राति नै प्रधानमन्त्रीको दाबी गरेपनि राष्ट्रपति आइतबार मात्र नियुक्त गर्ने निकट स्रोतको दाबी छ।