भारत लगेर बेचविखन गर्ने ५ जनालाई सजाय, ३ जनालाई २८ वर्ष ९ महिना कैद

630
Shares

धादिङ ।

भारतमा बलिदिन लगिएकि बालिकालाई मानव बेचविखनमा सम्लग्न ५ जनालाई कारागारमा कैद गरेर राखिने भएको छ ।
१६ वर्षीया बालिकालाई मानव बेचविखन तथा ओसारपासार र संगठित अपराधको कसुरमा धादिङका ५ जना कसुरदारलाई जिल्ला अदालत धादिङले शुक्ररबार कैद र जरवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको ईजलासले मानव बेचविखन तथा ओसारपसार र संगठित अपराधका दुई छुट्टाछुट्टै मुद्दामा ८ जना मध्ये ३ जनालाई सफाई दिएको र ५ जनालाई कसुर कायम गर्दै कैद जिरवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गर्नुभएको छ ।

फैसला अनुसार त्रिपुरासुन्दरी गाउँ पालिका(३ कि २९ वर्षीया गीता न्यौपाने, काठमाडौ जिल्ला कागेश्वरी मनहरा नगरपालिका (६ कि ३२ वर्षीया कविता बानियाँ ९आचार्य० र सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँ पालिका(२ कि ३३ वर्षीया कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष ९ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र १ लाख ७५ हजार जरिवाना, पीडितलाई ५० हजार क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएको श्रेस्तेदार माधव भण्डारीले बताउनुभयो ।

अदालतले त्रिपुरासुन्दरी गाउँ पालिका( १ का ३९ वर्षीय कोपिल दमै र त्रिपुरासुन्दरी गाउँ पालिका (३ कि ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५र१५ वर्ष कैद र एकएक लाख जरिवाना गर्ने फैसला भएको छ । जिल्ला अदालतमा ०७९ चैत १६ गते दर्ता भएको मानव बेचविखन तथा ओसारपसार र संगठित अपराधको मुद्दा २५ पेसीपछि ०८१ असार १७ गते कसुर कायम भएको थियो । जिल्ला अदालतले कसुरदार सबैलाई ०७९ चैत २१ गते पुरपक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

धादिङ स्थित मामाघरमा बस्दै आएकि एक १६ वर्षीया बालिकालाई धादिङबाट भारतमा लगि विक्रि गरेर पुजापाठ गरि राखेको ठाउँबाट प्रहरीले उद्धार गरेको थियो । धादिङ मामाघरमा बस्दै आएकि बालिकालाई भारत पुर्याएर बन्धक बनाई राखेको अवस्थामा भारतको नयाँदिल्लीको मंगलबजार गल्ली नम्बर २ को एक घरबाट प्रहरीले ०७९ माघ १७ गते उद्धार गरेर १९ गते नेपाल ल्याएको थियो ।

पीडित बालिका ०७९ मङ्सिर १७ गतेदेखि धादिङस्थित मामा घरबाट कसुरदारहरुले ज्यानमा खत नभएको बालिकाले पुजा पाठ गर्दा धेरै पैसा आउछ भनेर फकाई फुल्याई लगेका थिए । लामो समयसम्म पनि उनी सम्पर्कमा नआएपछि परिवारले ०७९ पुस ६ गते बालिकाको खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय धादिङले माघ १० गते प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई पत्राचार गरि खोजी सुरुगरेको थियो ।

आरोपितहरूले पीडित बालिकालाई तान्त्रिक बाबा खुसी भएमा धेरै पैसा पाउने प्रलोभन देखाएर मङ्सिर १७ गते धादिङस्थित ममाघरबाट काठमाडौँमा ल्याएर पुस १८ गतेसम्म काठमाडौँमा बन्धक बनाइएर राखेका थिए । सोही क्रममा आरोपितले बालिकालाई पुस १९ गते पुन धादिङमा नै लगेर बालिकाको उचाई, तौल नाप गर्नुका साथै शरीरमा कुनै प्रकारको दाग वा टाटु र कुनै अङ्गमा चोट नभएको र रजस्वला (मिन्स) नभएको जाँचबुझ गरेर पुस १९ गते बालिकालाई नेपाल–भारत सीमा सुनौली नाकाबाट दुई दिन लगाएर भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्याएको थियो ।

मुद्दा ०७९ माघ १५ गते जिल्ला प्रहरी कार्यालयमा मानव बेचविखन तथा आोसारपसार र संगठित अपराधमा दर्ता गरिएको थियो। उद्धार नभएको भए बालिकालाई २ दिनपछि पुर्णीमाको रातमा बलिदिने तयारी भएको तत्कालिन अवस्थामा अनुसन्धान गर्नुभएका डिएसपि सन्तुलालप्रसाद जैसवारले बताउनुभयो ।

पीडित बालिकालाई नयाँ दिल्ली पुर्याएपछि एउटा तान्त्रिक बाबाकोमा ३ पटक, अर्को तान्त्रिक बाबाकोमा २ पटक, एक बाबाकोमा १ पटक लगिएको थियो । पुर्णिमाको दिनमा भेट्न ठिक्क पारिएको बालिकालाई पहिल्यै उद्धार गरिएकोले जीवन जोगाउन सकिएको थियो ।

गरिब तथा अभिभावक नभएकाहरुलाई फकाएर लगिएपछि नुहाई धुवाई गरेर तान्त्रिक बाबाकोमा पुजा गरेपछि मागेजति पैसा पाईने भनेर बालिहरुलाई लाने गरेको पाईएको अनुसन्धानले पत्ता लगाएको थियो ।  मनग्गे पैसा बाबाको चमत्कारले पुजा कोठामा पाईएको भिडियो समेत बालिकाहरुलाई देखाएर लाने गरेको पाईएको छ। प्रहरीले आरोपितहरुबाट भिडियो, मोवाईल समेत बरा मद गरेको थियो ।