राष्ट्रपति पौडेलले लिए कानूनविद्हरूसँग परामर्श

2.9k
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानूनविद्हरूसँग परामर्श लिएका छन्  ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राख्नेकाे विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यावस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानूनविद्हरूसँग परामर्श  गरेका हुन्  ।

सो छलफलमा कानूनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।