मिलेर काम गर

70
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दललाई गालीगलौज गर्नुभन्दा पनि मिलेर काम गर्न उत्तम हुन्छ। दुई वर्षसम्म एकलौटी बजेट पारित गराउन सफल साहले आगामी आर्थिक वर्षमा यस्तै हर्कत गर्न खोजेका थिए।

मेयरको निर्णयको विरुद्धमा कार्यपालिकाका सबै दल आबद्ध सदस्यहरु एकजुट भए । तैपनि दलका नेतालाई गाली गर्न छाडेनन् । कार्यपालिकामा आबद्ध नेपाली कांग्रेस, एमाले र एकीकृत समाजवादीको नामै लिएर गालीगलौजमा उत्रिए । त्यति मात्र होइन, एमाले अध्यक्ष केपी ओलीको नामै लिई तल्लो स्तरमा पुगेर गाली गर्न थाले । आफूलाई असहयोग गर्ने पार्टीका सदस्यलाई खुलैरै गाली गर्न खप्पिस मेयर साह अन्ततः दलका जनप्रतिनिधिसँगै झुक्न पुगे ।

साउन १ गतेबाट नयाँ बजेट कार्यान्वयन नहोला भन्ने त्रासले मेयर साहले दलका वडाध्यक्षसँग छलफल गरे । छलफलको क्रममा नीति तथा कार्यक्रममा संशोधन गर्न पेस गरेको २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन गर्न तयार भए । मंगलबार सम्पन्न १५ औँ नगरसभाको पाँचौँ बैठकबाट २८ बुँदे संशोधन प्रस्ताव गर्ने प्रतिबद्धता जनाए । सबै बुँदा कार्यान्वयन भएपछि विवाद सल्टियो। चौथो बैठक इन्कार गरेका मेयर साहले मंगलबार सम्पन्न पाँचौँ बैठकमा संशोधन प्रस्ताव स्वीकार गरेका थिए। मेयर साहले कार्यपालिकाले तयार गरेको २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन गर्ने बुँदा थपेर बजेट नीति तथा कार्यक्रम पास भएको जनाए ।

यसअघि मेयर साहले नेपाली कांग्रेस, एमाले र एकीकृत समाजवादीले अघि सारेको संशोधन प्रस्तावलाई ठाडै अस्वीकार गर्दै दलमाथि कडा आलोचना गरेका थिए। उनले पार्टीको नामबाट जोडिएका नेताको नाममा बजेट व्यवस्थापन गर्न नसक्नेसमेत चेतावनी दिएका थिए। कामभन्दा आलोचनामा बढी समय खर्चिने गरेका साहले दलको दबाबमा संशोधन बुँदा राखेर बजेट गरेपछि अहिले नगरपालिकाको कार्यपालिकाका सदस्य एकजुट भएका छन्। नभए वडा अध्यक्षलाई छिन्नभिन्न बनाउने योजनामा रहेका मेयर साह उक्त योजनामा फेल भए।

निर्वाचनमा होमिदा दलको सदस्यता लिए पनि वडाको बागडोर सम्हालेपछि जबैजना वडावासीप्रति प्रतिबद्ध भए । मिलेर काम गर्न तयार भए। दुईबर्से कार्यकाल पूरा गरेका मेयर साहले पनि बजेट पास गर्दा मिलेको सन्देश दिए । नमिलेको भए ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्द ठूलो महानगरमा तनाव उत्पन्न हुने थियो। हुन त मेयर साहको नजिक रहेका सचिवालयको कारण मेयरको हाइट घट्न थालेको छ। बजेट पास गर्ने बेला वडा अध्यक्षको सुझाव नलिएको भए मेयर साह फेल हुने थिए। महानगरमा भद्रगोल हुने थियो। जे भए पनि महानगरवासीको उच्चतम हितको लागि मिलेर अघि बढ्नु नै उत्तम हुन्थ्यो। अहिले सबै मिलेका छन्।

मेयर साह सच्चिएर सबैको हित अनुकूल काम गरेको कारण सर्बसम्मतरुपमा बजेट पारित भएको छ। कसैको लहैलहैमा लाग्नुभन्दा पनि सबैलाई सर्वस्वीकार्य हुने काम गरे महानगरको साख बढ्ने थियो। महानगरवासी खुशी हुने थिए