काठमाडौँ महानगरको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

238
Shares

काठमाडौँ । 

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

महानगरपालिकाको मंगलबार दिउँसो सुरु भएको नगरसभाको १५औं अधिवेशनअन्तर्गत पाँचौं बैठकले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।

महानगरको पहिलो बैठकमा पेस भई दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव तथा विषय समावेश गरी पारित गरिएको मेयर बालेन शाहले घोषणा गरेका थिए । त्यस्तै छलफलपछि महानगरको बजेट पनि पारित भएको छ ।

महानगर प्रमुख बालेन शाहले नगर सभाका सदस्यहरुले प्रस्तुत गरेको बजेटको संशोधनलाई सकेसम्म समेट्ने गरी बजेटलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई नगरसभाले सर्बसम्मत पारित गरेको थियो ।

महानगरको नगर सभामा उपप्रमुख सुनिता डंगोलले असार १० गते २५ अर्ब ७० करोड ६३ लाखको बजेट प्रस्तुत गरेकी थिइन् ।