प्रहरीलाई थप्पड हान्ने वकिललाई कारबाही गर्न काठमाडौं अदालतका कर्मचारीको माग

378
Shares

काठमाडौँ।

काठमाडौं जिल्ला अदालतका कर्मचारीहरुले जिल्ला अदालतको गेटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने वकिललाई कडा कारबाही गर्न माग गरेका छन्।

काठमाडौं जिल्ला अदालतका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीले कारबाहीको लागि संयुक्त ध्यानाकर्षण गराएका हुन् । केही दिनअघि अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवानलाई अपशब्द प्रयोग गर्दै थप्पड हानेको आरोप छ।

उनीहरुले सीसीटीभी फुटेज हेरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।