मुकुल ढकालको प्रतिक्रिया- रवि लामिछाने क्लबबाट निष्कासित भएँ, घण्टी बज्न राेकिदैन

8.8k
Shares

काठमाडौँ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो ।

त्यसपछि प्रतिक्रिया दिदै ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न नरोकिने बताएका छन् । उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प नरोकिने बताएका छन् ।

रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट मुक्त गरेपनि साधारण सदस्यबाट भने हटाएको छैन ।