काँग्रेस,एमालेको साथपछि मुख्यमन्त्री सिंहको पद सुरक्षित 



वीरगन्ज। 

 मधेस प्रदेशबाट मुख्यमन्त्री शतिस सिंहले सदनबाट विश्वासको मत पाएका छन् ।  प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत पाएका हुन् ।

प्रदेश सभामा रहेको १०७ सांसदहरूमध्ये ६७ जना सांसदहरूको उनको पक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले बताए  ।यसै गरी ३४ जना सांसदले भने उनको विपक्षमा मतदान गरेको प्रदेश सभामुखको कार्यालयले जानकारी दिएको छ ।

 माओवादी र एकीकृत समाजवादीको समर्थनमा बनेको सिंह नेतृत्वको सरकारले भने विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने कांग्रेस, एमाले, जनमत, लोसपाले पक्षमा मतदान गरेको छ ।योसँगै जसपा नेपालले पनि सरकारको विपक्षमा मतदान गरेको थियो ।

गत जेठ २५ गते प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीमा जनमतको तर्फबाट सिंह नियुक्त भएका थिए । यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री शतिस सिंहले चार दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले एमाले र जनतमबाहेकका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।

 मुख्यमन्त्री सिंहले आइबार मध्यान्ह माओवादीका २, एकीकृत समाजवादीका २ र साना दलबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्