थापाथलीको सुकुम्वासी बस्तीमा बाढी पसेपछि ६ जनालाई  सुरक्षित स्थानमा सारियो 



काठमाडौँ।

शुक्रबारदेखि लगातार परिरहेको वर्षाका  शनिवार दिउँसो काठमाडौँ महानगरपालिका -११  थापाथलीस्थित सुकुम्वासी बस्तीको  लक्ष्मी यादवको  घरमा बाढी पसेपछि  सशस्त्र प्रहरीले ६ जनालाई नजिकैको  सुरक्षित स्थानमा सारेको छ।

बाढी छिरेकोमा उक्त  घरमा रहेका ६ जनालाई सशस्त्र प्रहरी निरीक्षक पुर्णिामा लिम्बुको  टोलीले नजिकैको सुरक्षित स्थानमा सारेको हो।  । तत्काल उद्धार गरिएकाले मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्