उपत्यकाको डुबान पर्ने सम्भावित ठाउँहरुमा सशस्त्र प्रहरी परिचालन



काठमाडौँ। 

 अविरल वर्षाको कारण उपत्यकाको डुबानमा पर्ने सम्भावित ठाउँहरुमा सशस्त्र प्रहरीको टोली परिचालन भएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण काठमाडौँबाट सुन्दरीघाट, बल्खु, बालाजुको विष्णुमती खोला करिडोर, कुलेश्वर, कलंकी र तारकेश्वर इलाकामा परिचालन गरिएको छ ।

त्यसैगरी उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगलबाट पेप्सीकोला र धोविखोल करिडोल इलाकामा परिचालित रहेका छन् । त्यस्तै नं. २१ दक्षिणकाली गणबाट महालक्ष्मी कर्मनासा खोला, धापाखेल र नंखु ईलाका तथा नं. २२ गुहेश्वरी गण भक्तपुरबाट चागुनारायण नगरपालिका–१ राई टोल र राधेराधे, नं. २४ बाघबैरब गुल्म काठमाडौँबाट टिचिङ इलाकामा परिचालित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्