मधेसका मुख्यमन्त्री सिंहले मागे विश्वासको मत



जनकपुरधाम।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई विश्वासको मत लिनको लागि बोलाइएको प्रदेश सभाको बैठक सुरु भएको छ ।

प्रदेशसभाको बैठक सुरु भएलगत्तै मुख्यमन्त्री सिंहले विश्वासको मत मागेका छन्। मुख्यमन्त्री सिंहले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै सदनबाट आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

उनले संविधानको धारा १६८ उपधारा (४) बमोजिम सदनमा विश्वासको मतको प्रस्ताव पेस गरेका हुन् । विश्वासको मतको प्रस्ताव पेस गर्दै मुख्यमन्त्री सिंहले सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्