स्वास्थ्यमन्त्री यादवले दिए राजीनामा



काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले पदबाट राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री यादवले शुक्रबार राजीनामा दिएका हुन् ।

जनता समाजवादी पार्टीका सचिवसमेत रहेका यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका थिए । उनले लगभग ५३ दिन मात्र स्वास्थ्य मन्त्रीमा रहेर काम गर्ने अवसर पाएका छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सांसद मन्त्री यादव पर्सा १ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्