सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सक्रियता बढ्यो 

 महर्जनविरुद्ध ७ करोड ६० लाखको मुद्दा 



काठमाडौँ। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण गर्ने विरुद्धको छानबिनलाई तीव्रता दिँदै सक्रियता बढाएको छ । विभागले गैरकानुनी आर्जन गरी  सम्पत्ति शुद्धीकरण गर्नेहरुविरुद्ध छानबिन गरी  अभियोग पत्र दायर गर्ने क्रमलाई समेत तीव्रता दिएको छ ।

 यसैक्रममा विभागले शुक्रवार त्रिशक्ति ट्रेडर्सका प्रोपाइटर सिद्धिबहादुर महर्जनविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा ७ करोड ६० लाख विगो कायम गर्दै अभियोग पत्र दायर गरेको हो  ।

नीज महर्जनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पतिका बारेमा छानबिन गर्दा  राजश्व चुहावट गरी आफ्नो बैंक खाता मार्फत कसुरबाट प्राप्त रकम हो भन्ने जान्दा जान्दै सो रकम प्राप्त एवं धारण गरी कारोबार गर्ने समेतका कार्यहर गरी नीज महर्जनले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा १ को क, ख र ग ले निषेधित गरेको कार्य गरी गराई सम्पत्ति कसुर गरेको तथ्य पुष्टि हुन आएकाले ७ करोड ६० लाख ५ हजार ३ सय  २४ रुपैयाँ विगो कायम गर्दै कसुरबाट प्राप्त सम्पत्ति(जग्गा शेयर समेत) जफत हुन मागदावी गर्दै अभियोग पत्र दायर गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।

विभागले पछिल्ला केहि दिन देखि सम्पत्ति शुद्धीकरण गर्नेहरु विरद्धको  छानबिनलाई आक्रामक रुपमा अघि बढाउदै आइरहेको छ । विभागले ३ दिन अघि मात्रै  सम्पत्ति शुद्धीकरण गरेको आरोपमा देव विकास बैंकका शाखा प्रवन्धक समीर बुढाथोकी विरुद्ध १७ करोडको  अभियोगपत्र दायर गरेको थियो । त्यस्तै केहि दिन अघि मात्रै विभागले सम्पत्ति शुद्धीकरण गर्ने काठमाडौँ गोकर्णेश्वरका चन्द्रबहादुर भनिने चन्द्रदीप राई विरुद्ध  ८ करोड ४७ लाखको अभियोग  पत्र दायर दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्