झापाको गौरादह नगरपालिकाका असल अभ्यासहरु



झापा जिल्लामा पर्ने गौरादह नगरपालिकाकाको नगरप्रमुखमा छत्रपति सुवेदी र उपप्रमुखमा जलवर्षा राजवंशी हुनुहुन्छ । यसै गरी, यस पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा युवराज खतिवडा हुनुहुन्छ । यस पालिकाले आयोजना गरेको क्षमता अभिवृद्धिको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीले प्रस्तुत गरेको विवरणका आधारमा यस पालिकाको असल अभ्यासलाई आलेखका रुपमा तयार गरेको छु ।

गौरादह नगरपालिकाले सडकतर्फ कच्ची सडक, ग्रावेल, कालोपत्रे र इन्टरलक ब्लक छाप्ने काम गरेको छ । यस पालिकाले बजार व्यवस्थापन, कृषिबजार, पक्की पुल, फलामे पुल, मठमन्दिर, घाट, विद्यालय भवन र पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गरेको छ । साथै, पालिका नदी नियन्त्रणको काम पनि अग्रसर रहेको छ ।

सामाजिक विकासतर्फ यस पालिकाले स्वास्थ्य बिमाको काम गरेको छ । विद्यार्थीलाई छात्रवृत्ति, विपन्न परिवारका विद्यार्थीलाई कम्प्युटर तालिम दिएको छ । साथै, थुप्रै क्षमता विकास र सीपमूलक तालिम पनि दिएको छ। यस अतिरिक्त अक्सिजन सिलिन्डर वितरण, एम्बुलेन्स र शव वाहनको व्यवस्था पनि गरिएको छ । साथै, आर्युवेद स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ।

आर्थिक विकासतर्फ पशु बिमा, तरकारी खेती प्रवद्र्धन, कृषि उपकरण वितरण, नर्सरी ब्याड तयारलगायतका काम भएका छन्। यस पलिकाले सीमान्तकृत परिवारलाई बंगुर, बाख्रा वितरण गरेको छ। पशुपक्षीको खोप निःशुल्क उपलब्ध गराएको छ। यस पालिकाले गोठ सुधार, मासु पसल सुधार, लोकल कुखुरा प्रवर्द्धन, माछाका भुरा वितरणलगायतको काम गरेको छ। यस पालिकाले लागत साझेदारीमा पशु बिमा कार्यक्रम सञ्चालन गरेको छ। साथै, कुकुरको बन्ध्याकरण कार्यक्रम पनि सञ्चालन गरेको छ।

गौरादह नगरपालिकाले महिला विकास र सशक्तीकरण तथा लक्षितवर्गतर्फ ७० जना छोरी–बुहारीलाई ५० दिनको लोक सेवा आयोगको परीक्षाको तयारी कार्यक्रम सञ्चालन गरेको छ। यसै गरी, कक्षा ९ र १० का विद्यार्थीलाई लागूऔषध तथा दुव्र्यसनीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ। साथै एकमहिने ब्याग बनाउने एड्भान्स तालिम सञ्चालन गरेको छ। यस पालिकामा बाल नगर प्रोफाइल बनेको छ। यस पालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरेको छ। साथै, बालमैत्री नगर निर्माण गर्न विशेष पहल भइरहेको छ।

गौरादह नगरपालिकामा लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । लैंगिक हिंसापीडितका लागि कोष खडा गरिएको छ । यस पालिकाले बेवारिसे मानवको व्यवस्थापन पनि गरिआएको छ। साथै, एक महिने लाहाको चुरा बनाउने तालिम पनि सञ्चालन गरेको छ। यस अतिरिक्त, ६५ दिने ढाका बुनाइ तालिम सञ्चालन गरेको छ। यस पालिकाले इलेक्ट्रिसियन, प्लम्बर, एसी, फ्रिज, मोटर, पंखालगायतको मर्मत गर्न सक्ने क्षमता विकासको तालिम पनि सञ्चालन गरेको छ।

यस पालिकाले सार्वजनिक सुनुवाइ गर्ने गरेको छ। अनलाइन घटना दर्ताको काम गरिआएको छ। सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकसँग सहकार्य भइरहेको छ। व्यक्तिगत घटना दर्ताभित्र सबैलाई समेट्न शिविर सञ्चालन गरिएको छ। यस पालिकाले टोकन प्रणाली पनि लागू गरेको छ। राजस्वतर्फ, सम्पत्ति कर लगाउन यस पालिकाले भवनहरुको एकीकृत तथ्यांक संकलन गरेको छ । यस पालिका सार्वजनिक सम्पत्तिको सुरक्षामा पनि लागिपरेको छ । ज्येष्ठ नागरिक मिलन केन्द्र र पाहुना घर पनि निर्माण गरेको छ।

यस पालिकाको आयुर्वेद शाखाले नागरिक आरोग्य सेवा सञ्चालनमा ल्याएको छ। आमाको दूधको क्षमता वृद्धि गरी शिशुको सुरक्षा गर्ने र कुपोषणबाट जोगाउनेजस्ता काम पनि गरिआएको छ। यस पलिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम आरम्भ गरेको छ। यो पालिका पूर्ण खोप अभियानमा संलग्न छ। यस पालिकाले हात्तीपाइले रोगको नियन्त्रण, सुत्केरी खर्च कार्यक्रमलगायत सञ्चालनमा ल्याएको छ ।

शिक्षातर्फ यस पालिकामा मासिक प्रअ बैठक हुने गरेको छ। नियमित विद्यालय अनुगमन, अतिरिक्त क्रियाकलाप, दलित छात्रवृत्ति, हाम्रो गौरादह नामक स्थानीय पाठ्यक्रम प्रकाशित, विद्यालयमा ई हाजिरी, शिक्षामा गुणस्तर सुधारको प्रयास पनि भइरहेको छ । यस पालिकाले बजार व्यवस्थाको अतिरिक्त सौन्दर्यीकरण र नमुना बजारको विकास गरेको छ। यहाँ जग्गा वर्गीकरण गरी भूमि कर लगाइएको छ । वडागतरुपमा व्यवसाय कर दर्ता भएको छ।

यस पालिकाले विपन्न वर्गलाई कर छुट दिएको छ । सीप विकासमा बीउ पुँजी उपलब्ध गराएको छ । सार्वजनिक जमिनको अभिलेख आरम्भ गरेको छ । गुनासो सुन्ने व्यवस्था गरेको छ । जनप्रतिनिधि र कर्मचारीको आचारसंहिता लागू गरेको छ । सेवाग्राहीको निवेदन लेखिदिने सुविधा छ । यस पालिकाले श्रम स्वीकृति दिन थालेको छ । बेरोजगारलाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको छ । साथै, न्यायिक समिति पनि सक्रिय रहेको छ । यस अतिरिक्त, नियमित लेखापरीक्षण र बेरुजु फछ्र्यौटतर्फ पालिका क्रियाशील छ ।

यस गौरादह नगरपालिकामा ९ वटा वडा रहेका छन् । वडागतरुपमा सम्पादित कामहरु हेर्दा ती पनि प्रशंसनीय छन् । वडा नं.. १ ले विभिन्न सेवासुविधा उपलब्ध गराएको छ भने वडा नं. २ मा चप्रा उत्पादन आरम्भ गरिएको छ । यसबाट रोजगारीको अवसर वृद्धि हुनुका साथै स्थानीय कच्चा पदार्थको उपयोग पनि भएको छ । यस वडाले स्वास्थ्य बिमा, ज्येष्ठ नागरिकलाई सम्मान, महिलाका लागि सीपमूलक तालिम कार्यक्रम र गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । यसै गरी, प्राविधिक शिक्षामा सहयोग, वडाका राष्ट्रिय खेलाडीको सम्मान, दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण र उन्नत जातको बीउ बिरुवा वितरण भएको छ ।

वडा नं. ३ मा पशु बिमा कार्यक्रम, मजदुरवर्गलाई लक्षित गरी तालिम कार्यक्रम र सपोर्ट सामग्री वितरण गरिएको छ । आदिवासी जनजाति लक्षित सफा भान्छा कार्यक्रम सञ्चालन गरिएको छ । यस वडाले टनेल तथा बीउ वितरण गरेको छ । महिलालाई हल्का सवारीसाधनको ड्राइभिङ तालिम दिएको छ । साथै, घर नं. र टोल नं. को सूचना संकेत बोर्ड राख्ने कार्यक्रम गरेको छ । विपन्न परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । यस वडाले ढल निर्माणको काम पनि गरेको छ ।

वडा नं. ४ मा ज्येष्ठ नागरिकलाई लौरो वितरण गरिएको छ । यसै गरी, किसानलाई पावर टिलर, विपन्नलाई जस्तापाता, पशुपालकलाई पशु बिमाको सुविधा प्रदान गरिएको छ । यस वडाका विपन्न नागरिकको स्वास्थ्य बिमा गरिएको छ । माटो परीक्षण तथा चुन वितरण, महिला लक्षित कार्यक्रम सञ्चालन र किसानलाई कृषि औजार वितरण गरिएको छ ।

वडा नं. ५ मा ज्येष्ठ नागरिकलाई सहयोगी सामग्री वितरण गरिएको छ । दलितलाई नेपाली बाजा वितरण गरिएको छ । किसानलाई टनेल वितरण भएको छ । पशुपालनतर्फ नश्ल सुधार कार्यक्रम सञ्चालन गरिएको छ । पापड, भुजिया, दालमोठ, साबुन, सर्फ बनाउने तालिम दिइएको छ । विपन्नलाई बाख्रा र बंगुर वितरण गरिएको छ । यस वडामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । तरकारी खेती गर्ने किसानका लागि सिंचाइ गर्न मोटर वितरण गरिएको छ ।

वडा नं. ६ बाट पनि विविध काम भएका छन् भने वडा नं. ७ मा कृषितर्फ जैविक मल वितरण, एक टोल एक तरकारी उत्पादन, माटो परीक्षण, सिंचाइमा अनुदान र बीउ बिरुवा वितरणका काम भइरहेका छन् । शिक्षातर्फ, बालमैत्री कक्षाकोठा निर्माण, बालबालिकाको मासिकरुपमा स्वास्थ्य परीक्षण र विपन्न बालबालिकालाई निःशुल्क डङेस उपलब्ध गराइएको छ । स्वास्थ्यतर्फ विपन्न नागरिकको स्वास्थ्य बिमा गरिएको, ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराएको, बालबालिकालाई खोप सेवा उपलब्ध गराएको छ । यस वडाले जस्तापाता वितरण गरेको छ । ड्राइभिङ तालिम दिएको छ । कपडाको झोला बनाउने तालिम दिएको छ ।

यसै गरी वडा नं. ७ बाट पनि अनेकौँ काम भएका छन् भने वडा नं. ८ मा विभिन्न प्रकारका सडक निर्माण गर्नुका साथै किसानहरुलाई ५० प्रतिशत अनुदानमा पावरटिलर वितरण गरिएको छ। साथै, घाँसको बीउ वितरण, ७५ प्रतिशत अनुदानमा स्प्रे टंकी वितरण, महिलाका लागि सिलाइ, कताइ, धूपबत्ती बनाउने, सर्फ, फिनाइल, हर्पिक बनाउने तालिम दिइएको छ । यसै गरी, ज्येष्ठ नागरिकलाई च्यवनप्रास, ब्लांकेट वितरण गरिएको छ भने युवालाई खेलकुदका सामग्री र विपन्नको बिमा गरिएको छ। यस वडाले सार्वजनिक सुनुवाइ, टोल विकास क्षमता विकास तालिम, फलपूmलका बिरुवा वितरणसमेत गरेको छ।

यस पालिकाको वडा नं. ९ ले विभिन्न सडक निर्माण गर्नुका साथै रंगरोगन र खानेपानीको समेत व्यवस्था गरेको छ। यस वडाले मठमन्दिर, चौतारो निर्माण र नदी नियन्त्रणको काम पनि गरेको छ। यसरी गौरादह नगरपालिकाका काम कारबाही अन्य पालिकाका लागि अनुशरणयोग्य छन्। यस पालिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

प्रतिक्रिया दिनुहोस्