एसईईमा मौका परीक्षा दिने विद्यार्थीलाई ओलीको अनलाइन कक्षा

3.76k
Shares

बुटवल। 

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एसईईमा मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्ने भएका छन्  । अध्यक्ष ओलीले सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दै दक्ष र अनुभवी शिक्षकबाट निःशुल्क रुपमा आफूले कक्षा सञ्चालनको व्यवस्था गरेको जानकारी गराए ।

एसईई परीक्षामा उत्तीर्ण विद्यालाई सम्मान गर्न बिहीबार बुटवलमा आयोजित कार्यक्रमा बोल्दै उनले आत्मविश्वासका साथ तयारी गरेर मौका परीक्षामा सहभागी हुन विद्यार्थीलाई आग्रह गरे । अध्यक्ष ओलीको आफ्नै फेसबुकमा गएर सम्पर्क गर्न विद्यार्थीलाई आग्रह गरिएको हो ।

अनेरास्ववियू रुपन्देहीले जिल्लामा ४ जीपीए ल्याउने २ जना विद्यार्थीसहित ३ दशमलव ६ जीपीय ल्याउने १०२८ विद्यार्थीलाई सम्मान गरेको हो । सो अवसरमा बोल्दै एमाले अध्यक्ष ओलीले आगामी शैक्षिक यात्रा छनोट गर्दा आफूले चाहेको र आफ्नो क्षमता अनुसार अघि बढ्न आग्रह गरे ।

हरेक मानिसमा फरक फरक क्षमता हुने बताउँदै उनले आफ्नो क्षमता पहिचान गरेर अघि बढ्नु पर्ने विद्यार्थीहरुलाई सुझाव दिए । आफ्नो लक्ष्य प्राप्तिका लागि सधै इमान्दार भएर लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले जीवनमा कहिल्यै पनि घमण्ड गर्न नहुने सुझाव दिए ।

यस्तै नेकपा एमालेका उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अब नयाँ  बन्ने सरकारले शैक्षिक क्षेत्रलाई नयाँ उचाइमा पु¥याईने बताए ।