एमालेले प्रधानमन्त्रीलाई भन्यो– अल्पमतमा पर्नुभयो दीर्घकालीन असर पर्ने निर्णय नगर्नू



काठमाडौँ।

सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न भनेको छ । एमाले महासचिव शंकर पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रचण्ड नेतृत्वको सरकारले संसदबाट विश्वासको मत पाउने कुनै सम्भावना नरहेको भन्दै अल्पमतमा परेको सरकारले दीर्घकालीन असर पर्ने निर्णय नगर्न भनेका हुन् ।

‘‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न नगराउन एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ।’ जारी विज्ञप्तिमा भनिएको छ।

एमालेले प्रचण्डलाई राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्नसमेत आह्वान गरेको छ ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने अवस्थामा छन् । त्यसैले एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरी मन्त्रीहरूलाई पनि फिर्ता बोलाइसकेको छ ।

एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्