निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ रोकियो



काठमाडौँ ।

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको सभापति पशुपतिशम्सेर जबराले जानकारी दिए । उनको सुनुवाइ शुक्रबारका लागि तय गरिएको थियो।

प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी  छलफल गरिएको थियो । प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेको बुझिएको छ ।

असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्