एसईईपछि कस्तो विद्यालय छान्ने



एसईई परीक्षाफल प्रकाशित परीक्षाफल भईसकेको छ। एसईई सक्नेबित्तिकै अधिकांश विद्यालयले भर्ना गर्न विज्ञापन शुरू गरेका छन् । कसैले अनलाइन त कसैले टेलिभिजनमा। छापा माध्यम र अनलाइनमा भर्नाको विज्ञापन त्यतिकै देखिन थालेको छ।

कलेज सञ्चालक कक्षा ११ मा नयाँ विद्यार्थी भित्र्याउन व्यस्त छन्। कोही विज्ञापन गरेर त कोहीले विद्यालय भ्रमण गराई काउन्सिलिङ गरी विद्यार्थी तान्न हानथाप बढेको छ । विद्यालयभित्र छिर्दा त्यही विद्यालयमा पढौं पढौं लाग्नेगरी विद्यालय सिँगारेका छन् ।

जीपीएका आधारमा भर्ना हुन विद्यार्थीहरू विद्यालय खोज्न भौंतारिरहेका छन् । नामचलेका ठुला विद्यालयले शनिबारबाट प्रवेश परीक्षाको लागि सूचना जारी गरेका छन् । कतिपय विद्यालयले छात्रवृत्ति दिने लोभ देखाउँदै विज्ञापन प्रकाशित गर्न थालेका छन् । पहिलो चरणमा ४८ प्रतितशत विद्यार्थी कक्षा ११ मा भर्ना हुनेछन् । साउन २३ देखि ३१ गतेसम्म दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पनि परीक्षा दिन पाउने भएपछि त्यसपछि पनि विद्यालयले भर्ना खोल्नेछन् ।

परीक्षा सकिएलगत्तै अधिकांंश विद्यार्थीले आफू पढ्ने कलेज छनौट गरिसकेका छन् । राजधानीका करिब दुई दर्जन ठूला कलेजले लगभग फारम वितरण पूरा गरिसकेका छन् । हिसानका अध्यक्ष रमेश सिलवालले इन्ट्रान्स परीक्षा सञ्चालन गरी विद्यार्थी भर्ना गर्न सूचना जारी गरेको बताउनुभयो ‘परीक्षाले विद्यार्थीको ल्याकत मापन गर्न सहज हुने भएकोले प्रवेश परीक्षा अनिवार्य जस्तै छ’– उहाँको भनाइ थियो । भन्नुहुन्छ– ‘प्रवेश परीक्षाले विद्यार्थीको हैसियत देखाउँछ ।’

विज्ञान विषय पढ्ने कि व्यवस्थापन । मानविकी पढ्ने कि कानुन ? कुन विषय मा भर्ना हुने ? यी र यस्ता विषयको बारेमा जानकारी दिन प्रवेश परीक्षा आवश्यक छ । केही विद्यार्थी कहाँ र कुन विषय लिएर पढ्ने भन्दै विद्यालय चाहार्दै हिँडन थालेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि १२ सम्मलाई माध्यमिक तह लागू गरिसकेको अवस्थामा विद्यार्थीहरू उच्च शिक्षाको गन्तव्य खोजिरहेका छन् ।

विद्यालय छनौट गर्दा त्यसको भौतिक अवस्था, विगतको परीक्षाफलको अवस्था अवस्था, उत्तीर्ण प्रतिशतका आधार हेरेर मात्र विद्यालय छनौट गर्नु वेस हुन्छ । विद्यार्थीले पनि भर्ना हुनुअघि कुन विषयमा कतिको स्कोप छ भन्ने विषयमा ज्ञान हुनुपर्छ । सबै विषयको उत्तिकै महत्व हुन्छ । यो वा त्यो विषय भन्ने हँुदैन । जीपीएअनुसार विषय छनौट गनुपर्छ । आफ्नो रुचि अनुसारको विषय छनौट गर्दा वेस हुन्छ । त्यसको लागि विषयगत जानकारी हासिल गर्नु उत्तम हुन्छ । विषयका बारेमा इन्टरनेटबाट सर्च गरेर विदेश र स्वदेशमा त्यस विषयको स्कोपबारे जानकारी लिनुपर्छ ।

विद्यार्थीले प्रत्येक सङ्कायका उच्चतम सम्भावनाबारे जानकारी राख्ने, ती सम्भावनाबाट आफ्नो स्वभाव र सामथ्र्य मिल्ने एउटा लक्ष्य छनोट गर्ने, आफूले छनौट गरेको विषय पढ्दा भविष्यमा कस्तो अवसर पाइने सम्भावना छ । त्यसबारेमा जानकारी लिनुपर्छ ।
त्यतिमात्रै होइन विषय छनौट गर्दा आफूभन्दा अग्रजसँग जानकारी लिनुपर्छ । साथीभाइको लहैलहैमा विद्यालय र विषय छनौट गर्दा समस्या पर्न सक्छ । आफूले चाहना राखेका र भविष्यमा रोजगारी पाउने खालको विद्यालय छनौट गर्नुपर्छ । विद्यालयको नाम सुनेर भर्ना गर्नु हुँदैन ।

सरकारको निर्णयविपरीत कुनै पनि मिडियाले उत्कृष्ट भनेर नामकरण गरेका विद्यालयमा भर्ना गर्दा समस्या पर्छ सक्छ । विज्ञापनको लहैलहैमा नभई आफ्नै इच्छाले विद्यालय छनौट गर्दा उत्कृष्ट पढाइ हासिल गर्न सकिन्छ । विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, विराटनगर, इटहरी, चितवन, बुटवल, कास्की, झापा, दाङ, नेपालगञ्ज, हेटौंडालगायत मुलुकका सहरी क्षेत्रका ११ र १२ कक्षा सञ्चालन गर्ने विद्यालयले जिल्लामै उत्कृष्ट विद्यालय बनाउन होडबाजी गरिरहेका छन् । ती विद्यालयमा अध्ययन गर्न आग्रह गर्दै भर्ना शुरू गरिरहेका छन् ।

४ जीपीए ल्याएका उत्कृष्ट विद्यार्थीलाई आफ्नो विद्यालयमा तान्न होडबाजी गरिरहेका छन् । यो वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ सय ८६ मात्र छ । विज्ञापनको होडबाजी गरेका विद्यालयले ४ जीपीए ल्याउने विद्यार्थीलाई निशुल्क छात्रवृत्तिलगायतका अफर दिएर भर्ना गर्न थालेका छन् । त्यस्तो प्रतिस्पर्धामा सरकारी विद्यालय पनि लागेका छन् । देशैभरका राम्रा सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान नै शुरू गरेका छन् ।

कक्षा ११ र १२ मात्र सञ्चालन गर्दै आइरहेका विद्यालयहरूले कक्षा ९ देखि १२ सम्म सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आइरहेका छन् । त्यसो भए कक्षा ८ सकेका विद्यार्थी ९ देखि १२ सम्म अध्यापन गराउने विद्यालयमा भर्ना हुने बाटो हुल्छ। जिरो प्लस टु सञ्चालन गरिरहेका १ सय ५३ विद्यालयले प्रतिस्पर्धात्मक रूपमा भर्ना थालेका छन्। अधिकांश विद्यालयले लाखौं रुपियाँ खर्चेर विज्ञापन गरेका छन् । विज्ञापन हेरेर भन्दा पनि विद्यालयको विगतको पठनापाठनको इतिहासको आधारमा विद्यालय छनौट गर्नुपर्छ ।

किसानको यो समय मानो छरेर मुरी उब्जनी गर्ने भनेजस्तो ११ र १२ सञ्चालन गरेका विद्यालयले अहिले भर्ना लिएर कमाउने समय हो । निजी विद्यालय सञ्चालकहरू विद्यालयमा विद्यार्थीलाई काउन्सिलिङ गर्न थालेका छन् केही प्लस टुका प्रिन्सिपल ठूला सहरमा विद्यार्थी तान्न हिडेका छन् । कोहीले सहरमा गएर परामर्श शुरू गरिरहेका छन् ।

हिसानका महासचिव लोकबहादुर भण्डारी विद्यालयको विगतको पढाइको आधारमा विद्यालय छनौट गर्नुपर्ने बताउनुहुन्छ । उहाँको भनाइ छ –विद्यालयको विगत हेरेर मात्र भर्ना हुने विषयमा सोच्नुस् । जुन विद्यालयले उत्कृष्ट शिक्षा दिँदै आएका छन् । त्यही विद्यालयमा भर्ना हुन सबैलाई आग्रह गर्दै भन्नुहुन्छ – ‘नामभन्दा पनि विगतको लगावलाई ध्यान दिएर भर्ना हुन उचित हुन्छ।’

विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षालगायत कुन संकाय पढ्ने मात्र होइन संकायभित्र पनि कुनकुन विषय पढ्ने र आफ्नो करियर बनाउने भन्ने टुंगो लगाउने भन्ने विषयमा सोच्नुपर्छ । कसैको लहैलहैमा भन्दा पनि विद्यालय र शिक्षकको सल्लाहमा विद्यालय छनौट गर्न आग्रह गर्दै एम्स एकेडेमीका प्राचार्य टिआर ढकाल भन्नुहन्छ–कस्तो विद्यालय छनौट गर्ने विषय विद्यार्थीमा भर पर्ने भन्दा पनि विद्यालयको विगतको अवस्थाको आधारमा भर्ना हुनुपर्छ ।

ठुलो भवन, बढी शुल्क लिने विद्यालय छनौट गर्ने परम्पराभन्दा पनि विगत इतिहास हेरेर भर्ना हुनु उचित रहेको बताउनुहुन्छ । कस्तो विषय लिँदा भविष्यमा मा राम्रो अवसर पाउन सकिन्छ भन्ने चाहना बोकेका विद्यार्थीले विद्यालय छनौट गर्नुपर्ने उहाको धारणा छ ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले लहैलहैमा विद्यालय छनौट गर्ने कि, आमाबुबाको इच्छाअनुसार छनौट गर्ने ? भन्ने विषयमा अभिभावक र विद्यार्थीबीच द्वन्द्व हुने गरेको बताउनुहन्छ । उहाँ भन्नुहुन्छ–अभिभावकको सल्लाह लिनु, आफूले अध्ययन गरेका विद्यालयको शिक्षकसँग सल्लाह लिएर मात्रै विद्यालय छनौट गर्नु । सकभर विद्यालय छनौट गर्दा विद्यालयको विगतको अध्ययन गर्नु वर्तमानको अवस्थाबारे जानेर मात्रै भर्ना हुनु ।

प्रभावकारी शिक्षा प्रणाली भएका देशहरूका विद्यालयमा विद्यार्थीलाई उच्च अध्यनको संकाय छनौटमा परामर्श दिन छुट्टै विशेषज्ञ शिक्षकको व्यवस्था हुन्छ । नेपालमै पनि केही राम्रा निजी विद्यालयहरूले विद्यार्थीलाई परामर्श दिने गरका छन् । तर अधिकांश माविहरूले आफ्ना छोराछोरीको चाहना अनुसार भर्ना गरेको पाइन्छ ।

क्षणिक रूपमा त्यो ठिक भए पनि कालान्तरमा असर पर्ने भएकोले ठोस परामर्शको आधारमा भर्ना हुनु महत्वपूर्ण हुन्छ । स्नातक तहमा कुनै विषयमा विशिष्टीकरण (स्पेसिलाइजेसन) गर्नुपर्ने हुने भएकाले प्लसटुमा इच्छाधीन विषय छनोट गर्दा बुद्धि पु¥याउनु जरुरी छ । विद्यालय तहमा पहिलो वर्ष अर्थात् कक्षा ११ मा नेपाली र अंग्रेजी अनिवार्य बाहेक इच्छाधीनका रूपमा तीन वटा विषय छनोट गर्न पाइन्छ ।

कक्षा ११ र १२ मात्र सञ्चालन गर्दै आइरहेका विद्यालयहरूले कक्षा ९ देखि १२ सम्म सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आइरहेका छन् । त्यसो भए कक्षा ८ सकेका विद्यार्थी ९ देखि १२ सम्म अध्यापन गराउने विद्यालयमा भर्ना हुने बाटो हुल्छ । नभए कक्षा १–१२ भएपछि अधिकांश विद्यार्थी एउटै विद्यालयमा पढ्न बाध्य हुनेछन् ।

विद्यालयमा फारम भरे पनि प्रवेश परीक्षा दिनपर्ने व्यवस्था विद्यालयले गर्ने गरेका छन् । प्रवेश परीक्षामा सहभागि हुँदा एसईई परीक्षामा पढेका विषयलाई ध्यान दिनुपर्छ । विद्यार्थीले प्राप्त गरेको जीपीएको आधारमा कलेजले विद्यार्थी छनौट गर्ने गरेका छन् । त्यसको अलावा प्रवेश परीक्षा दिँदा विद्यार्थीले अनिवार्य विषय अध्ययन गर्नु आवश्यक हुन्छ ।

किसानको यो समय मानो छरेर मुरी उब्जनी गर्ने भनेजस्तो कलेजले अहिले भर्ना लिएर कमाउने अवस्था भएकोले निजी विद्यालय सञ्चालकहरू विद्यालयमा विद्यार्थीलाई काउन्सिलिङ गर्न थालेका छन् । हिसानका महासचिव लोकबहादुर भण्डारी विद्यालयको विगतको पढाइको आधारमा विद्यालय छनौट गर्नुपर्ने बताउनुहुन्छ ।

जुन विद्यालयले उत्कृष्ट शिक्षा दिँदै आएका छन् । त्यही विद्यालयमा भर्ना हुन सबैलाई आग्रह गर्दै भन्नुहुन्छ–नाम भन्दाखपनि विगतको लगावलाई ध्यान दिएर भर्ना हुन उचित हुन्छ । शिक्षा मन्त्रालयले आउँदो वर्षदेखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन गर्ने भएकोले योवर्ष विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा विषय लिएर पढ्ने विद्यार्थीका लागि मौका हुन सक्छ । अब ४ विषय अनिवार्य र अन्य ऐच्छिक हुने भएकोले अन्तिम वर्षको रूपमा विषयअन्तर्गत अध्ययन गर्ने मौका विद्यार्थीले पाएका छन् ।

एसर्ईईपछिका दुईवर्ष अर्थात् ११ र १२ कक्षाको पढाइ विद्यार्थीका लागि धेरै महत्वपूर्ण तह र अवधि हो । यसले विद्यार्थीको भाबी अध्ययनको मार्गदर्शन गर्दै उनीहरूको भाबी पेशा, क्षेत्र र करियरको निक्र्योल पनि गर्छ । भविश्यसँग जोडिएको विषयलाई हचुवाको भरमा लिन नहुने उहाँको धारणा छ । भन्नुहन्छ – ‘भविष्यलाई हेरेर विषय छनौट गर । कसैको हावादारी भनाइमा भर नपर ।’

विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षालगायत कुन संकाय पढ्ने मात्र होइन संकाय भित्र पनि कुन कुन विषय पढ्ने र आफ्नो करियर बनाउने भन्ने टुंगो लगाउने तह हो उच्चमावि अर्थात प्लस टु तह । कसैको लहलहैमा भन्दा पनि विद्यालय र शिक्षकको सल्लाहमा विद्यालय छनौट गर्न आग्रह गर्दै एम्स एकेडेमीका प्राचार्य टिआर ढकाल भन्नुहन्छ–कस्तो विद्यालय छनौट गर्ने विषय विद्यार्थीमा भर पर्ने भन्दा पनि विद्यालयको विगतको अवस्थाको आधारमा भर्ना हुनुपर्छ ।

ठूलो भवन, बढी शुल्क लिने विद्यालय छनौट गर्ने परम्परा भन्दा पनि विगत इतिहास हेरेर भर्ना हुनु उचित रहेको बताउनुहुन्छ । कस्तो विषय लिँदा भविष्यमा मा राम्रो अवसर पाउन सकिन्छ भन्ने चाहना बोकेका विद्यार्थीले विद्यालय छनौट गर्नुपर्ने उहाको धारणा छ ।

कक्षा १२ सम्मको विद्यालय शिक्षाको पठनपाठन पूरा भएपछि स्नातक तहमा थुप्रै विषयहरू छनोट गर्न पाइन्छ । तर, उच्च माध्यमिक तहमा मानविकी विषय लिएकोले स्नातक तहमा विज्ञान विषय लिन पाइँदैन । त्यसैले स्नातक तहमा धेरै संकायले खासखास विषयको अध्ययन गरेकालाई मात्र प्रवेश दिने व्यवस्था गरेकोले कक्षा ११मा भर्ना हुँदा आफूले उच्च माध्यमिक तह पूरा गरेपछि स्नातक तहमा कुन कुन विषय अध्ययन गर्न पाइनेछ भन्ने बारेमा शिक्षकसित सल्लाह गर्नु बढी राम्रो हुनेछ । शिक्षाविद प्राडा विद्यानाथ कोइरालाले विद्यालय छनौट गर्दा सो विद्यालयको पर्पmमेन्सको आधारमा भर्ना हुन आग्रह गर्नुहुन्छ ।

कहाँ, कस्तो विद्यालय छनोट गर्ने भन्ने विषय विद्यार्थीको चाहनामा भर पर्छ । तर कसैको लहडको आधारमा व्द्यिालय छनौट गर्नु गलत हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘अभिभावकको सल्लाह लिनु, आफूले अध्ययन गरेका विद्यालयको शिक्षकसँग सल्लाह लिएर मात्रै विद्यालय छनौट गर्नु । सकभर विद्यालय छनौट गर्दा विद्यालयको विगतको अध्ययन गर्नु वर्तमानको अवस्थाबारे जानेर मात्रै भर्ना हुनु । विद्यार्थीका लागि कुन संकाय उपयुक्त हो भन्ने कुरामा परामर्श दिनु आफैंमा एक विशेषज्ञता मानिन्छ ।’

प्रभावकारी शिक्षा प्रणाली भएका देशहरुका विद्यालयमा विद्यार्थीलाई उच्च अध्यनको संकाय छनौटमा परामर्श दिन छुट्टै विशेषज्ञ शिक्षकको व्यवस्था हुन्छ । नेपालमै पनि केही राम्रा निजी विद्यालयहरुले विद्यार्थीलाई परामर्श दिने गरका छन् । तर अधिकांस माविहरुले आफ्ना छोराछोरीको चाहना अनुसार भर्ना गरेको पाइन्छ ।

क्षणिक रूपमा त्यो ठिक भए पनि कालन्तरमा असर पर्ने भएकोले ठोस परामर्शको आधारमा भर्ना हुनु महत्वपूर्ण हुन्छ । स्नातक तहमा कुनै विषयमा विशिष्टीकरण (स्पेसिलाइजेसन) गर्नुपर्ने हुने भएकाले प्लसटुमा इच्छाधीन विषय छनोट गर्दा बुद्धि पु¥याउनु जरुरी छ । विद्यालयतहमा पहिलो वर्ष अर्थात् कक्षा ११ मा नेपाली र अंग्रेजी अनिवार्यबाहेक इच्छाधीनका रूपमा तीन वटा विषय छनोट गर्न पाइन्छ ।

विभिन्न ६ वटा समूह विभाजन गरिएको छ र तीमध्येबाट कुनै तीनवटा विषय छनोट गर्नुपर्ने हुन्छ । यो वर्षसम्म कक्षा ११ र १२ मा ५७ वटा विषयका पाठ्यक्रम लागू गरेको छ । भौतिकशास्त्र, प्राणीशास्त्र, रसायनशास्त्र, होटल व्यवस्थापन, इतिहास, भूगोल, संस्कृति, अर्थशास्त्र, संगीत, कृषि, गृहविज्ञान, आमसञ्चार, ग्रामीण विकास, गणित, वाणिज्य शिक्षा, सहकारी व्यवस्थापन, राजनीति शास्त्र, जनसंख्या शिक्षा, कम्प्युटर शिक्षा, ज्योतिष, साहित्य, पेन्टिङ लगायतका विषयहरू छनोट गर्न सकिन्छ ।

भाषाका विषयहरूका रूपमा अंग्रेजी, हिन्दी, मैथली, नेवारी, जर्मन, जापानी, उर्दू, फ्रेन्च र नेपालीको पाठ्यक्रम तयार छ। तीमध्ये जापानी र फ्रेन्चमा भने हालसम्म कुनै शिक्षण संस्थाले पठनपाठन गरेका छैनन्। कक्षा १२ मा विज्ञान विषय लिएका विद्यार्थीहरू बाहेकका लागि इच्छाधीन चौथो विषयका रूपमा १७ वटा विषय पनि समावेश छ।

तीमध्ये मार्केटिङ, साधारण गणित, साधारण विज्ञान, सामाजिक शिक्षा, ग्रामीण अर्थशास्त्र, खाद्य र पोषण, कलाको इतिहास, प्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, विशेष आवश्यकता शिक्षा, संस्कृत ब्याकरण र रचनालगायतका विषयहरूमध्येबाट एउटा छनोट गर्नुपर्ने हुन्छ ।

सबैभन्दा बढी शिक्षाशास्त्र विषयमा अध्यापन गर्ने, दोस्रोमा व्यवस्थापन, तेस्रोमा मानविकी र चौथोमा विज्ञान विषय अध्यापन गर्ने शिक्षण संस्था सञ्चालित छन् । निजी उमाविमा विद्यार्थी संख्याका आधारमा व्यवस्थापन विषय पढ्ने बढी छन् भने सामुदायिक विद्यालयहरूमा शिक्षाशास्त्र विषय पढ्ने विद्यार्थीहरू सबैभन्दा बढी छन् ।

खर्च 

विज्ञान र प्राविधिक विषय सबैभन्दा खर्चिलो पढाइ हो । खर्च शिक्षाशास्त्र र मानविकी र कानुनलगायतका विषय अध्ययनमा कम खर्च लाग्छ। विज्ञान विषय छनौट गर्दा प्रयोगात्मक परीक्षालाई बढी जोड दिएको कारण तुलनात्मक रूपमा महंगो हुनु स्वाभाविक हो ।

विषय छनोट गर्दा विद्यार्थीले आफ्ना अभिभावकको आर्थिक हैसियतका बारेमा पनि विचार गर्नुपर्दछ । त्यसपछिमात्र विद्यालय छनौट गर्दा वेश हुन्छ । हुन त छात्रवृत्तिको व्यवस्था पनि छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई कलेजबाटै छात्रवृतिको व्यवस्था हुन्छ । त्यसबाहेक सरकारले सबै विद्यालयलाई अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ । उक्त कोटामा पर्न तोकिएको मापदण्ड पूरा गर्नुपर्नेहुन्छ ।

जेहेन्दार विद्यार्थीले छात्रवृत्तिमा पढ्दा उत्कृष्ट नतिजा ल्याएका थुप्रै उदाहरण छन् । तर, छात्रवृत्तिको नाममा विज्ञान विषय पढ्ने अनि पछि विषय परिवर्तन गर्ने ? बानीले पढाइमा असर गर्न सक्छ । तसर्थ महंगो र सस्तो खर्चको हिसाबकिताब गर्नुभन्दा आफूले चाहना राखेको र बाबुआमाको कमाइलाई आधार मानेर विषय छनौट गर्नु उचित हुन्छ ।

निजी कलेजमा अध्ययन गर्न बढी खर्चिलो छ । सामुदायिक कलेजमा भने कम खर्च भए पुग्छ । उच्च माध्यमिक तहको अध्ययन गर्दा निजी विद्यालयमा १ लाख देखि २ लाख ५० हजार रुपियाँसम्म (दुई वर्षको) खर्च लाग्छ । सामुदायिकमा अध्ययन गर्दा दुई वर्षभरि सरदर ४० हजार रुपियाँ भए पुग्छ । व्यवस्थापन विषयमा अध्ययन गर्दा निजी विद्यालयमा सरदर ६० हजारदेखि १ लाख २० हजार रुपियाँसम्म, मानविकी विषयका लागि ५० देखि ९० हजार रुपियाँसम्म र शिक्षाशास्त्रका लागि ५० हजारदेखि ७० हजार रुपियाँसम्म खर्च लाग्छ । जबकि, सामुदायिक विद्यालयमा अध्ययन गर्ने हो भने व्यवस्थापन, मानविकी र शिक्षाशास्त्रमा दुई वर्षका लागि सरदर ३० हजार रुपियाँ लाग्न सक्छ ।

छनोट गर्ने विषय

विज्ञान

डाक्टर, इन्जिनियर, पाइलट बन्ने इच्छा कसलाई हुँदैन र ? विज्ञान विषय पढेर भविष्यमा होनहार व्यक्ति बन्छु भन्ने विद्यार्थीले विज्ञान विषय पढ्ने गरेका छन् । कृषि, वन विज्ञानजस्ता विषय पढ्न चाहने विद्यार्थीले कक्षा ११ मा विज्ञान विषय नै पढ्नुपर्छ । स्वदेशमा भन्दा विदेशमा बढी सम्भावना भएकै कारण विद्यार्थीहरू डाक्टर, इन्जिनियर, पाइलट बन्ने लोभमा विज्ञान विषय पढ्न चाहन्छन् । विज्ञान विषय पढ्ने विद्यार्थीले सजिलै रोजगारको अवसर पाउने भएकोले पछिल्लो समयमा सो विषयप्रति आकर्षण बढ्न थालेको छ । सरकारीभन्दा निजी उमाविप्रति विज्ञान विषय पढ्नेको संख्या बढेको परिषद्का प्रवक्ता नारायण कोइरालाले बताउनुभयो ।

व्यवस्थापन
हरेक तहमा उचित व्यवस्थापन अभावमा कतिपय काम लथालिङ्ग भएका हुन्छन् । व्यवस्थापकीय कमजोरीको कारणले गर्दा उद्योग धन्दा धराशयी बन्दै गएको छ। व्यवस्थापन विषयको अध्ययनविना कुशल व्यवस्थापक हुन सम्भव छैन त्यसैले त अहिले व्यवस्थापन पढ्ने विद्यार्थीको संख्या बढ्न थालेको छ। परीषद्ले सञ्चालन गरेको विषयमध्य शिक्षा पछि सबैभन्दा बढी विद्यार्थीको चाप व्यवस्थापन संकायमा हुन थालेको छ। र एसएलसीपछि अधिकांश विद्यार्थी व्यवस्थापन विषय पढ्न रुचि राख्छन्।

बैंक, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, प्रशासकलगायत क्षेत्रमा उत्कृष्ट अवसर पाउने आशमा विद्यार्थीले व्यवस्थापन विषय पढ्न थालेका छन् । सैद्धान्तिक र व्यावहारिक दुवै विषयको मिश्रण भएकै कारण अधिकांश उमावि र कलेज प्रायः सबै सरकारी र निजी उमाविले व्यवस्थापन विषय अध्ययन गराउने गरेका छन्। व्यवस्थापनअन्तर्गत अर्थशास्त्र, एकाउन्टेन्सी, होटल म्यानेजमेन्ट, कम्प्युटर गणित, फाइनान्सको कोअपरेटिभ म्यानेजमेन्ट र ग्रामीण विकास, बुम र ओएमएसपी हटाएर बिजिनेस म्यानेजमेन्ट समावेश गरी पाठ्यक्रम तयार गरेको छ ।

मानविकी

मानविकी संकाय तुलनात्मक रूपमा व्यावहारिक र ज्ञानवद्र्धक हुन्छ । दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, कला, साहित्यजस्ता दर्जनौं विषयको अध्ययन गर्न सकिने मानविकी झण्डै चार दर्जन विषय रहेका छन् । गृहविज्ञान, समाजशास्त्र, आमसञ्चार, इतिहास, धर्म संस्कृति, भूगोल, वातावरणलगायत विषय समावेस गरीएको मानविकीअन्तर्गत अंग्रेजी, फ्रेन्च, उर्दू, जर्मन, जापानिज, हिन्दीजस्ता विषयसमेत समावेश गरिएको छ ।

शिक्षा

विशेष गरी शिक्षण पेसासँग सम्बन्धित शिक्षाअन्तर्गत इच्छाधीन र अनिवार्य गरी १ हजार पूर्णाङ्क परीक्षा दिनुपर्छ, इच्छाधीन ४५ वटा विषयमध्ये ७ र अंग्रेजी, नेपाली इच्छाधीनमध्ये एक विषय छनोट गर्नुपर्छ । विज्ञान तहमा पढ्ने विद्यार्थीले कक्षा ११ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी र म्याथम्याटिक्स विषय अनिवार्य पढ्नै पर्छ । विशेषतः प्राविधिक र प्रयोगात्मक विषय भएकोले नै विज्ञान तहमा पढ्ने विद्यार्थीले स्वदेश र विदेशमा राम्रो अवसर पाउँछन् । यी त भए विद्यार्थीले पढ्ने विषयहरू तर कुन विषयमा कतिको डिमान्ड छ भन्ने कुरा विद्यार्थी स्वंले मूल्याङ्कन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्