नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतीक थापालाई थुनामा पठाउन अदालतको आदेश

2.16k
Shares

काठमाडौँ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थापालाई प्रहरीले गत शुक्रबार साँझ कपनबाट पक्राउ गरेको थियो ।

ओली सरकारमा बादन गृहमन्त्री हुँदा प्रतीकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहको सदस्यका रूपमा काम गरेको प्रहरी प्रतिवेदनको निष्कर्ष छ ।